April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:५४
हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो

गौर हत्याकाण्ड ।।

घटनास्थलमा छरपस्ट भाला,

च्यातिएका टेन्टका टुक्रा र नालीमा रगतका टाटैटाटा थिए ।

बीभत्स र नृशंस तरिकाको यो काण्ड

पाँच जना महिलाको बीभत्स हत्या

लखेटी-लखेटी मारियो 

राइस मिल मैदानका दुई कुनामा दुईतिर आमने-सामने मञ्चहरू एकआपसमा अझै भिड्ने मूडमा भए जस्तो लाग्थ्यो । हत्या-हिंसाको लामो शृंखला भोगेको मुलुकमा शान्तिको किरण झुल्किंदै गर्दा ७ चैत २०६३ मा गौर हत्याकाण्ड भएर पूरै देश सन्नाटामा थियो । माओवादी शान्ति प्रक्रियामा आएको एक वर्ष पनि भएको थिएन । माओवादी शान्ति प्रक्रियामा आएपछि हत्या-हिंसाको सिलसिला पनि अन्त्य भयो भन्ने नागिरकको आशा यो हत्याकाण्डले फेरि धमिल्याइदिएको थियो ।

मानवीय क्षति त्यो पनि क्रूरतापूर्वक र बीभत्स रूपमा भएको समाचारले फेरि देशलाई सन्नाटामा पुर्याएको थियो । घटना साँच्चिकै अकल्पनीय नै थियो । विशेषगरी जुन बीभत्स र नृशंस तरिकाले यो काण्ड मच्चाइएको थियो, त्यो कसैको पनि कल्पना बाहिरको कुरा थियो ।
स्थलगत अनुगमन र समाचार संकलन गर्न मानवअधिकार संचार प्रतिष्ठानले पहल  गर्यो  ।

समाचारमा महिलाका स्तन काटिएका, सामूहिक बलात्कार गरेर यौनाङ्गमा लाठी घुसारिदिएका समाचार सार्वजनिक भएका थिए । अहिले पनि म राम्ररी सम्झन्छु यो समाचारले सारा देश स्तब्ध थियो । हत्या हिंसाको १० वर्षे शृंखलाबाट देशले पार पाउँछ कि भन्ने भरोसाले भर्खर नयाँ पालुवा हाल्दै गर्दा मानव सभ्यतामाथि नै प्रश्न उठाउने गरी यो हत्याकाण्ड भएको थियो ।

स्थानीय बासिन्दाहरूले भने मधेशी जनअधिकार फोरमको तयारी देखेर अघिल्लै दिन अनुमान लगाइसकेका रहेछन् कि-केही नराम्रो हुँदैछ । उनीहरूले बाँसको भाटाभित्र तरबार लुकाई त्यसमाथि पार्टीको झण्डा राखेर अगाडिदेखि नै रिहर्सल गरेको बताएका थिए ।

जब हामी घटनास्थल पुग्यौं, स्थानीयको अवस्था साह्रै नै टिठलाग्दो थियो । हाम्रो पालो कहिले ? भन्ने मानसिकतामा पलपल मरेर बाँचिरहेका जस्ता थिए उनीहरू । कोही बोल्न तयार थिएनन् । बोल्न खोज्नेको बोलीमा पनि आवाज थिएन । नयाँ मान्छेदेखि डराउने, अझ पहाडे अनुहारदेखि झन् डराउने अवस्था थियो त्यहाँ ।

घटनास्थलमा छरपस्ट अवस्थामा भाला, च्यातिएका टेन्टका टुक्रा र नालीहरूमा रगतका टाटैटाटा थिए । संकटकाल लागेको जस्तो भयपूर्ण अवस्था थियो त्यहाँ । राइस मिल मैदानका दुई कुनामा दुईतिर आमने–सामने उभिएका छरपस्ट मञ्चहरू एकआपसमा अझै भिड्ने मूडमा भए जस्तो लाग्थ्यो ।

पोष्टमार्टम रिपोर्टका बारेमा बुझ्न खोज्दा अस्पतालले ‘कुटपिटका कारण उनीहरूको मृत्यु भएको’ भन्ने जवाफ दियो । समाचारमा आएजस्तो बीभत्स हत्या भएको होइन भन्ने जोड उनीहरूको थियो । यस मामिलाका जानकार तत्कालीन जिल्ला विकास समितिका पदाधिकारीले त हामीलाई भेट्न समय नै दिएनन् ।

लामो प्रयासपछि हामीले थाहा पायौं कि-स्थानीय बासिन्दाहरूले भने मधेशी जनअधिकार फोरमको तयारी देखेर अघिल्लै दिन अनुमान लगाइसकेका रहेछन् कि-केही नराम्रो हुँदैछ । उनीहरूले बाँसको भाटाभित्र तरबार लुकाई त्यसमाथि पार्टीको झण्डा राखेर अगाडिदेखि नै रिहर्सल गरेको बताएका थिए । दैनिक साँझ-साँझ उनीहरूले रिहर्सल गर्ने गरेको केही स्थानीयले बताएका थिए । तर, हाम्रो सुरक्षा निकाय, गुप्तचर कसैले पनि यसको भेउ पाएनन् वा पाएर पनि वास्ता गरेनन् ।

घटनामा पाँच जना माओवादी महिलाको बीभत्स हत्या गरिएको थियो । प्रत्यक्षदर्शीका भनाइमा सामूहिक बलात्कारपछि स्तन काटेर नजिकैको मन्दिरमा भोग दिनेसम्मको ज्यादती भएको थियो । उनीहरूका यौनाङ्गमा उखुका लाठी कोचिएको थियो । यो सुनेर हामी त्यो मन्दिरमा पनि गयौं । त्यहाँ रगतका बाक्लै डोबहरू देखिने अवस्थामा थिए । मन्दिर संरचनाविहीन ढुङ्गा मात्रै थियो ।

यही विषयमा केन्द्रित रहेर हामीले अस्पताल प्रशासन र प्रहरीसँग जिज्ञासा राखेका थियौं । अस्पतालले कुटपिटका कारण मृत्यु भएको बनावटी जवाफ दिएर उम्कियो । त्यस्तै एक-एक शवको पोष्टमार्टम नगरेको अस्पतालको भनाइ थियो । प्रहरीले महिलाहरूको ज्यानै गएपछि बलात्कार हुनु र नहुनुको प्रश्नै भएन नि भन्ने जवाफ दिएको थियो ।

उनीहरूका अनुसार भाग-दौड मच्चिएपछि माओवादी कार्यकर्ता स्थानीयको घरमा लुक्न पुगेका थिए । एक स्थानीय महिलाले आफ्नो घरमा दुई माओवादी महिलालाई लुकाउन खोजेकी थिइन् । तर, फोरमका कार्यकर्ताहरूले उनीहरूलाई घरबाट थुतेर लगेका थिए र लखेटी-लखेटी मारेका थिए । एकजना वृद्धले हामीलाई बताए अनुसार, ‘मारिएका मध्ये धेरैलाई उनीहरूले नालीमा हालेर माथिबाट छोपेका थिए ।’

यसरी दुवै पक्ष पछि नहट्ने हठका कारण भएको भिडन्तमा त्यो क्षति भएको थियो । कतिले यो घटना नियतवश हुन दिइएको भनेर विश्लेषण पनि गरेका थिए । तर जे भए पनि यो एउटा निकृष्ट घटना थियो । त्यसमाथि प्रभावितहरूले अहिलेसम्म न्याय नपाउनु र न्यायका लागि राज्यले पहल नगर्नु निकै दुःखद् र रहस्यमय छ ।

 

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ २६, २०८० ११:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट