काभ्रे।।
पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ। नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो।
पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउउदै आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट
निर्वाचित नगरसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। होहल्ला सहित बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक-पटक नगरसभाका सदस्यहरुलाई आ-आफ्नो स्थानमा बस्न अनुरोध गर्दा
पनि बिरोध कायम राखेपछि अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभएको थियो।
(भिडियो सहित)