sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० २0:२२
प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

झापा- नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।

सो कार्यालयका अनुसार औसत रूपमा विश्लेषण गर्दा एक जना व्यक्तिका दुई सन्तानका दरले हिसाब गर्दा जम्मा ५२ हजार ८६० जना नागरिकताका लागि आउन सक्ने अनुमान छ। तीमध्ये बाबु र आमा दुवैको नागरिकता भएकाहरू ४५ हजारलाई नागरिकता वितरण गर्नुपर्ने हुन आउँछ, पोखरेलले भन्नुभयो।

अहिलेकै जनशक्ति र क्षमताका आधारमा कार्य गर्दा दैनिक बढीमा १५० वटा नयाँ नागरिकता जारी गर्न सकिने अवस्था छ। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण कार्यको टोकन वितरण गर्दा २०८० भदौ दोस्रो हप्तासम्मका लागि पाँच दिनमै वितरण भइसकेको पनि बताइएको छ।

नियमिततर्फको नयाँ नागरिकता (जन्मसिद्धका सन्तान बाहेक) वितरण कार्यलाई पालो लगाई जन्मसिद्धका सन्तानको नागरिकता वितरण सङ्ख्या वृद्धि गर्नुपर्ने देखिएकाले असार १७ गतेदेखि लागु हुने गरी प्रत्येक स्थानीय तहलाई पालो लगाइएको र सो विषयमा सार्वजनिक सूचना गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।

  • साझा परिवेश
  • शनिबार, असार १६, २०८० २0:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid