sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:५७
अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा
  • अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ ।
  • शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ ।

काठमाडौं ।।

सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष आदलतमा मुद्दा दायर गरेको हो ।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार हुने पुमरी बैंकिङ सफ्टवेयरको ‘पार्किङ एकाउन्ट’ मा रेमिटयान्स नै नआएको अवस्थामा फर्जी कारोबार गरी बैंकलाई १५ करोड ७४ लाख ४० हजार ५ सय ७४ ठगी गरेको आरोप लागेको थयो ।

सोही बैंकिङ कसूर मुद्दामा उनको खातामा अस्वभाविक रकम ‘ट्रान्जेक्सन’ भएको देखिएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा विभागले अनुसन्धान तथा कारवाही सुरु गरेको थियो ।

बैंकका तत्कालीन कार्यकारी प्रमुख अधिकृतले बैंकको रकम अपचलन गरी बैंकिङ कसुर गरी आर्जन गरेको एक करोड १८ लाख ७७ हजार ७०० रुपैयाँ सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अनुसार निषेधित कार्य गरी गरेर सम्पत्ति शुद्धीकरणको कसूर गरेको देखिएको विभागले जनाएको छ ।

सोही आधारमा नवीन सुवेदीलाई १ करोड १८ लाख ७७ हजार सात सय रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको जनाएको छ । यस्तै कसूरवाट प्राप्त सम्पत्तिबाट आर्जन गरेको तथा नवीन सुवेदी नै संरक्षक देखिएको नाबालक छोराछोरीको नाममा रहेकोसहित उनको नाममा रहेको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी सहित अभियोग पत्र दायर भएको विभागले जारी गरेकको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

सुवेदीले सप्तकोशी डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको हैसियतले सम्बद्ध कसूर गरी सोही माध्यमवाटै सम्पत्ति शुद्धीकरणको कसूर गरेकोले तथा उनले सम्पत्ति लुकाउन प्रयोग गरेका हरिकुमारी सुवेदी र बविता पोखरेल सुवेदी समेतलाई शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ ।

 

  • साझा परिवेश
  • सोमवार, असार १८, २०८० १४:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid