sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भाडामा ठगी गरेमा यातायात समितिले नै कारबाही गर्ने 

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:५६
भाडामा ठगी गरेमा यातायात समितिले नै कारबाही गर्ने 
  • सार्वजनिक सवारीको नयाँ भाडादर लागु
  • मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गर्यो 
  • भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले कारबाही गर्ने 

काठमाडौं ।।

वाग्मती प्रदेश सरकारले पछिल्लो पटक जेठ ११ गतेदेखि लागु हुनेगरी सार्वजनिक सवारीको नयाँ भाडादर लागु गरेको थियो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो । मन्त्रालयले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोकेको छ ।

उपत्यकामा बस्ने कतिपय सेवाग्राहीहरूले सार्वजनिक सवारीमा चढ्दा भाडादरबारे अज्ञविज्ञ भएको महसुस गर्ने गरेका छन् । कतिपयले भने तोकिएको भन्दाबढी भाडा मागेर ठगिएको समेत गुनासो गर्छन् । यातायात मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटबढ हुँदा भाडा समायोजन गरिने बताए । भाडा दिँदा ठगीमा वा कसैले बढी भाडा लिएमा यातायात समितिले आन्तरिकरूपमै कारबाही गर्ने गरेको उनको भनाइ छ ।

यस्तै, सडक सुरक्षामा खटिएका ट्राफिक प्रहरीले पनि ठगिएको गुनासो आएमा सम्बोधन गर्ने र ठूलै समस्या भएमा मन्त्रालयले नै पनि काम गर्ने उनले बताए । प्रदेश राजपत्रमा प्रकाशित मन्त्रालयको भाडादर अनुसार काठमाडौं उपत्यकामा

० देखि ५ किलोमिटरसम्मको भाडा १९ रुपैयाँ तोकिएको छ ।
० देखि १० किलोमिटरसम्मको भाडा २५ रुपैयाँ रहेको छ ।
० देखि १५ किलोमिटरसम्मको भाडा ३० रुपैयाँ रहेको छ ।
० देखि २० किलोमिटरसम्मको भाडा ३३ रुपैयाँ रहेको छ, र
२० किलोमिटर भन्दामाथिको भाडा ३८ रुपैयाँ रहेको छ ।

यसअघि गत वर्ष २०७९को असार ५ देखि लागु भएको भाडादर रहेको थियो । त्यतिबेला ० देखि ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ, १० किलोमिटरसम्मको २७, १५ किलोमिटरसम्मको ३२ रुपैयाँ, २० किलोमिटरसम्मको २५ रुपैयाँ र २० किलोमिटर भन्दामाथिको भाडा ४० रुपैयाँ रहेको थियो ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १३:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid