sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १५:३५
पैठारी गरेको वा स्वदेशकै खरिद विवरण पनि उद्योग विभागलाई पेश गर्नुपर्ने
  • निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्नुपर्ने 
  • १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्ने
  • पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्ने

काठमाडौं ।।

उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो ।

जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ । विभागले उद्योगी व्यवसायी संघ मूल्य अभिवृद्धिको स्वघोषणा, उद्योग दर्ताको प्रमाण, वस्तु निर्यात गरेको विवरण र निर्यात भएको वस्तुमा प्रयोग भएको कच्च पदार्थ खपतको विवरण पेश गर्न भनेको छ ।

यसरी विरवण पठाउँदा कच्चा पदार्थ पैठारी गरेको वा स्वदेशमै खरिद गरेको विवरण पनि उद्योगहरुले खुलाउनु पर्नेछ । यस्तै भन्सारको प्रज्ञापन पत्र, एक्जिम कोडको छाया प्रति, गत आवको लेखा परीक्षण रिपोर्ट, कर चुक्ता प्रमाण पत्र पनि विभागमा पेश गर्नुपर्छ ।

सरकारले नेपालमा उत्पादित तथा नेपालमा कच्चा पदार्थ आयात गरेर ३० देखि ५० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि गर्ने ३३ प्रकारका वस्तु उत्पादकलाई निर्यातमा नगद अनुदान प्रदान गर्दै आएको छ ।

अनुसूची १ मा समावेश भएका चिया, कफी, बेसार, छुर्पी जस्ता १५ प्रकारका वस्तुको निर्यातमा ५० प्रतिशत मूल्य अभिवृद्धि भए ५ प्रतिशत अनुदान पाइन्छ भने सिमेन्ट, क्लिङ्‍कल लगायतका वस्तुमा ३० प्रतिशत मूल्य अभिवृद्धि भए ४ प्रतिशत अनुदान पाइन्छ ।

  • साझा परिवेश
  • सोमवार, साउन १, २०८० १५:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid