sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:0४
राष्ट्रिय सभाको कार्यसूचीमा परेन मिटरब्याज
  • राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दै
  • मिटरब्याजसम्बन्धी विधेयक बैठकको कार्यसूचीमा परेन 

काठमाडौं ।।

राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बिहीबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ अनुचित लेनदेन (मिटरब्याज) मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अगाडि बढाउने विषय समावेश छैन ।

‘मिटरब्याजसम्बन्धी विधेयकका हकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सल्लाह गरेर मात्रै अगाडि बढाउनुपर्ने बताएपछि कार्यसूचीमा नराखिएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

‘केही त्रुटिहरु पनि छन् । केही प्रक्रियाका विषय छन् । प्रतिस्थापन विधेयक पारित गरेर पठाएको सामान्य विधेयक झै प्रतिनिधिसभाबाट पारित भएर आएको छ । यसमा राष्ट्रिय सभाका अध्यक्षको चासो छ,’ ती अधिकारीहले भने । उनका अनुसार बिहीबार यो विधेयक अगाडि बढ्ने संभावना छैन ।

गत असार ३१ गते प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको थियो । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक राष्ट्रिय सभाले असार १५ गते पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

अब प्रतिनिधि सभाले पारित गरेको सन्देश राष्ट्रिय सभामा टेबुल गर्नुपर्ने हुन्छ । प्रतिनिधि सभामा भएको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेको खण्डमा विधेयक राष्ट्रिय सभाका अध्यक्षबाट प्रमाणित हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुन्छ ।

प्रतिनिधि सभाबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएको पाँच दिनपछि बसेको राष्ट्रिय सभाको बैठकको कार्यसूचीमा यो विषय नपरेको हो।

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid