sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसिया कपको तयारी नेपालले श्रीलंकामा गर्ने

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:0१
एसिया कपको तयारी नेपालले  श्रीलंकामा गर्ने
  • नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने
  • श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना

काठमाडौं ।।

पहिलो पटक एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले शुक्रबार विज्ञप्ती जारी गर्दै एसिया कपका लागि श्रीलंकामा १५ दिनको स्पेशल हाई परफरमेन्स क्याम्प आयोजना गर्ने जनाएको छ।

‘नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कपका लागि तयार छ, र उनीहरू उत्कृष्ट फर्ममा छन् भनी सुनिश्चित गर्न हामीले श्रीलंकामा १५ दिने विशेष उच्च प्रदर्शन शिविर आयोजना गर्दैछौं’, क्यानले भनेको छ ।

उक्त समयमा नेपाली खेलाडीले कडा प्रशिक्षण लिने र अनुभवी प्रशिक्षक र सहयोगी स्टाफको मार्गदर्शनमा श्रीलंकनडेभलपमेन्ट टिमसँग चार अभ्यास खेल खेल्ने समेत क्यानले जनाएको छ ।

नेपालमा बर्खाको समय भएकोले श्रीलंकामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए । अहिले उतै रहेको नेपाली टिम हाई परफरमेन्स क्याम्प सकिएपछि नेपाल फर्कने उनले बताए ।

राम्रो टिम विरुद्ध खेल सुनिश्चित गर्न सहयोग गरेकोमा क्यानले श्रीलंका क्रिकेटलाई धन्यवाद दिएको छ । एसिया कप क्रिकेट आगामी अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।

नेपालले पाकिस्तानसँग पाकिस्तानको मुल्तानमा अगष्ट ३० मा खेल्नेछ भने भारतसँग श्रीलंकाको क्यान्डीमा सेप्टेम्बर ४ मा खेल्नेछ ।

विश्व क्रिकेटकै दुई बलिया राष्ट्र भारत र पाकिस्तानसँगै नेपाल समूह ए मा छ । बैशाखमा काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।

श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्नेछन् । जहाँ हरेक टिमले अर्को टिमसँग खेल्नेछ र श्रीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

हाल नेपाली क्रिकेट टोली एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न श्रीलंकामै छ । नेपाल प्रतियोगिताको समूह्य चरणबाटै बाहिरिसकेको छ । समूह चरणमा भारत र ए र पाकिस्तान ए सँग पराजित भएको नेपालले युएई ए लाई पराजित गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० ११:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid