sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पुरस्कारको व्यवस्था नभएको भए सुन समाउन सकिन्नथ्यो : अर्थमन्त्री

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १२:४३
पुरस्कारको व्यवस्था नभएको भए सुन समाउन सकिन्नथ्यो : अर्थमन्त्री
  • पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद
  • सुन तस्करी प्रकरणको अनुसन्धान जारी
  • गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने

काठमाडौं ।।

आर्थिक वर्ष २०८०-०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको अर्थमन्त्रीले  जिकिर गरे । सुन तस्करी प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानुनी काम गर्ने जो कोहीमाथि कारबाही हुने डा. महतले बताए ।

भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए । भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्नेमा उनले जोड दिए ।

“…मैले बजेटमा नै प्रस्ताव गरेको हो कि यो भन्सारमा कतिपय कुराहरूलाई, अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो । मलाई लाग्छ, त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो । हामी जुन यो सुन प्रकरण छ, त्यसको जरोसम्म नै पुगेर अनुसन्धान प्रक्रिया अघि बढेको छ,” उनले भने, “कतिपय अवस्थामा यस्ता घटना हुन्छन्, त्यसमा राज्य सुशासन कायम गर्न त्यस्ता दुरुपयोग, अनियमितता, गैरकानुनी काम गर्न नदिन कटिबद्ध छ । त्यहीअनुसार काम भइरहेको छ । छानबिनका लागि अनुसन्धान टोली बनाएर हामीले काम गरिरहेका छौँ । अब त्यस्ता कुरा हुन नदिन आधुनिक मेसिन जडान, अपडेट गर्ने, कर्मचारीहरूमा उदासीनता भएको भए कारबाही हुन्छ, भइसकेको पनि छ । यसमा पारदर्शी ढंगबाट अनुसन्धान भई कारबाही हुन्छ । राज्य संयन्त्र गम्भीर छ ।”

पार्टी केन्द्रीय कार्यसमितिको बैठक लाइभ गरेसँगै भ्रम छर्न सक्ने गुञ्जायस नरहेको उनले बताए । बैठक लाइभ गरिँदा राम्रो प्रतिक्रिया पाइरहेको उनको भनाइ छ ।

  • साझा परिवेश
  • सोमवार, साउन ८, २०८० १२:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid