sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भक्तपुर सुधार गृहको ढोका तोडेर २ सय भन्दाबढी कैदीबन्दी भागे

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:५१
भक्तपुर सुधार गृहको ढोका तोडेर २ सय भन्दाबढी कैदीबन्दी भागे
  • सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागे
  • गृहको पछाडिको ढोका तोडेर उनीहरु भाग्न सफल 
  • भक्तपुर र ललितपुरमा प्रहरीको सुरक्षा सतर्कतामा ध्यान 
  • गृहमा राखिएका बालबालिकाहरु बाहिर निस्केर प्रदर्शन गर्दै 

काठमाडौं ।।

भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहबाट २ सय भन्दाबढी कैदीबन्दी भागेका छन् । सोमबार सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेका हुन् ।

भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार १२९ जना अझै फरार रहेको र उनीहरुको खोजीका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

आइतबार बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको थियो । बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको थियो । विभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा भएपछि स्थीति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । झडपका क्रममा ८ जना शसस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरु घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ ५, २०८० १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid