May 18, 2024 | शनिबार, जेष्ठ ५, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

सेयर बजारलाई हाइड्रोपावरले ड्राइभ गर्दै 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १६:0६
सेयर बजारलाई हाइड्रोपावरले ड्राइभ गर्दै 
  • सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द
  • हाइड्रोपावरमा लगानीकर्ता बढ्दै

काठमाडौं ।।

सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १६.२४ अंकले वृद्धि हुँदा १९८५.४३ को विन्दुमा बन्द भएको हो । दिनभरजसो उतारचढाव भएर रातो देखिएको बजार अन्तिम समयमा बढेर बन्द भएको हो । सोमबार तीजको दिन लगानीकर्तामा न्यून सक्रियता देखिंदा नेप्से सामान्य बढेपनि कारोबार रकम घटेको थियो । मंगलबार भने नेप्सेसँगै कारोबार रकम पनि केही सुधार भएको छ ।

मंगलबार सेयर बजारलाई हाइड्रोपावर कम्पनीहरुले ड्राइभ गरेका छन् । हाइड्रोपावर उपसूचक सर्वाधिक ३.२१ प्रतिशतले वृद्धि भएको छ । व्यापार र होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचक बढेर बन्द भएका छन् । विकास बैंक उपसूचक १.४८ प्रतिशत र वित्त कम्पनी उपसूचक पनि १.९५ प्रतिशतले बढेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आइतबार नेप्से ४२ अंकको उच्च गिरावट हुँदा कारोबार रकम २ अर्ब नाघेको थियो । तर, सोमबार नेप्से ४.२६ अंकले बढेपनि कारोबार रकम भने १ अर्ब पनि पुगेन । मंगलबार भने कारोबार रकम बढेर १ अर्ब १७ करोड ६७ लाखको कारोबार भएको छ ।

५० हजार २९६ वटा कारोबारमा ४३ लाख ३६ हजार ५३८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । मंगलबार कारोबार भएकोमध्ये रिलायबल लाइफ इन्स्योरेन्सको सर्वाधिक १० करोड ६४ लाखको कारोबार भएको छ । यस्तै ओरिएन्टल होटलको ४ करोड ११ लाख र एनआईसी एशिया बैंकको ३ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, अशोज २, २०८० १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।