sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:१२
चिरख्वा हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै
  • हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
  • आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन
  • पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने
  • अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने

काठमाडौं ।।

चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । यसअघि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरी सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका आठ लाख ५९ हजार ३०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दालाई निष्कासन गरेको सेयरमा आवेदन नपरेकोसहित सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

यसअघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई चार लाख कित्ता निष्कासन गरेको थियो । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८० हजार कित्ता, कर्मचारीका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूलाई ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले आईपीओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछन् । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्कासन अवधि कात्तिक ३ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन गर्न गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीले ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत् आयोजना प्रवर्द्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ छ ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० ११:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid