May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:४५
इजरायलको द्वन्द्वले १० देशका नागरिकको लियो ज्यान
  • शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु
  • केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परे
  • १० नेपाली नागरिकको मृत्यु, केही नेपाली घाइते 

काठमाडौं ।।

इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच शनिबारदेखि जारी द्वन्द्वमा विभिन्न देशका नागरिकको मृत्यु भएको छ । केही मानिस घाइते, सम्पर्कविहीन र अपहरणमा परेका छन् । द्वन्द्वका क्रममा इजरायलमा ९०० र हमास नियन्त्रित क्षेत्र गाजामा ६९० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो भूमिमा आक्रमण गर्नेविरुद्ध बदलाको यो सुरुआत मात्र भएको बताएका छन् । इजरायलमा ज्यान गुमाउने विदेशीमा अहिलेसम्मको तथ्यांकानुसार सबैभन्दा बढी थाई नागरिक छन् । थाइल्यान्डको विदेश मन्त्रालयले हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाउने आफ्ना नागरिकको संख्या १८ पुगेको बताएका छन् । अरू केही थाई नागरिक सम्पर्कविहीन छन् ।

यस्तै, इजरायलमा १० नेपाली नागरिकको मृत्यु भएको छ । केही नेपाली घाइते छन् । यो द्वन्द्वमा नौ अमेरिकी नागरिकको मृत्यु भएको जेरुसेलम पोस्टले उल्लेख गरेको छ । त्यहाँ क्यानडाका एकको मृत्यु र दुई बेपत्ता, बेलायतका १० भन्दा बढी नागरिकको मृत्यु एवं बेपत्ता र फ्रान्सका एकको मृत्यु र केही बेपत्ता छन् । चीन र जर्मनीका ज्यान गुमाउने एवं सम्पर्कविहीन नागरिकको संख्या पुष्टि भएको छैन । पाराग्वे र युक्रेनका दुईजनाको मृत्यु भएको छ । रुस र कम्बोडियाका एक-एकजनाको मृत्यु भएको बताइएको छ । मेक्सिकोका दुईजना अपहरणमा परेका, तान्जानियाका दुई र आयरल्यान्डका एकजना घाइते रहेका जेरुसेलम पोस्टले जनाएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० ११:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट