May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

नेपालमा पहिलो पटक १ जना बिरामीको एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:१८
नेपालमा पहिलो पटक १ जना बिरामीको एकै पटक मिर्गौला र कलेजो प्रत्यारोपण
  • ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गर्यो 
  • नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया
  • ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरे 

काठमाडौं ।।

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले चिकित्सा क्षेत्रमा दुर्लभ प्रत्यारोपण शल्यक्रिया गरेको छ । नेपालमा पहिलो पटक एक जना बिरामीको दुई महत्वपूर्ण अंगको एकै पटकमा प्रत्यारोपण शल्यक्रिया गरेको हो । अस्पतालका निर्देशक प्रा.डा सुरज बज्राचार्यले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए । ‘हामीले एकै व्यक्तिको शरिरका महत्वपूर्ण अंग (कलेजो र मिर्गौला) दुवैको एक साथ प्रत्यारोपण शल्यक्रिया सफल गरेका छौं । जुन नेपालको इतिहासमै पहिलो पटक हो,’ डा. बज्राचार्यले भने ।

उनलाई ३५ वर्षीय श्रीमानले उनलाई कलेजो दिएका थिए भने ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी हुन् ।बिरामी महिलामा जन्मजात रोग (प्राइमरी हाइपरोक्सालुरिया) देखिएको थियो । कलेजोका कारणले दुवै मिर्गौला बिग्रिएका थिए ।मिर्गौला बिग्रिएर उनले अस्पतालबाट डायलाइसिस सेवा लिइरहेकी थिइन् । कलेजोबाट निस्किएको विषाक्त रयासनका कारण मिर्गौला खराब भएको हुन पुगेको थियो । जसको कारण बिरामीको दुवै अंग एकैसाथ प्रत्यारोपण गर्नुपरेको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताए ।

शल्यक्रियाका लागि भारतस्थित अपोलो अस्पतालका डा. निरभ गोयल, डा.अरुणकुमार भेनुथुरिमिल्लि र डा.सञ्जीव अनेजाको सहभागिता रहेको थियो । यस्तै, किष्ट अस्पतालका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा मुकुन्दराज जोशीको नेतृत्वमा नेपाल सरकारबाट लाइसेन्स प्राप्त डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ, डा. नारायण भुसाल, डा. सन्तोष क्षेत्री, डा. कश्यप दाहाललगायत अन्य वरिष्ठ चिकित्सकहरूको सहभागिता रहेको थियो । यस्तो जटिल र दुर्लभ स्वास्थ्य समस्याप्रति १० लाख जनसंख्यामा उक जनामा हुनसक्ने र यसको उपचारसमेत विश्वका केही सीमित अस्पतालमा मात्र हुने गरेको किष्टको दाबी छ । किष्ट शिक्षण अस्पतालमा ११५ जनाभन्दा धेरैको अंग प्रत्यारोपण शल्यक्रिया गरिसकेको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १४:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।