May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज कोशीमा किचलो : अब को बन्ला मुख्यमन्त्री ?

प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३३
प्रधानमन्त्री रोजगार कार्यक्रमका १ सय जनालाई डेङ्गी नियन्त्रण र विशेष सरसफाइमा खटाइयो

काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १ सय जनालाई काठमाडौँ महानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि लार्भिसाइट छर्किने र सडकको विशेष सरसफाइमा खटाएको छ । आज राष्ट्रिय सभा गृहमा बोलाएर उनीहरुले गर्नु पर्ने कामका विषयमा जानकारी गराएर क्षेत्र बाँडफाँड गरिएको छ ।

जनशक्तिलाई ४ समूहमा बाँडेर ४ क्षेत्रमा परिचालन गरिनेछ । हरेक समूहमा एक/एक नाइकेले नेतृत्व गर्नेछन् । आज टोलीले नयाँ बानेश्वर, कोटेश्वर, चावहिल र बौद्ध क्षेत्रमा लार्भिसाइट छर्ने र सफाइ गर्नेछन् ।

जनशक्तिलाई कामका बारेमा जानकारी गराउँदै प्रशासन विभागका प्रमुख दिपक अधिकारीले, परिचालित जनशक्तिबाट सुग्घर सडक अपेक्षा गरिएको नतिजा भएको बताउनुभयो । त्यस क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भोलिदेखि टेकुमा भेला गरेर फरक फरक दिनमा फरक फरक ठाउँको सरसफाइमा खटाइने जानकारी दिनुभयो ।

सफाइका क्रममा पानी जमेका खाल्टा देखिए खाल्टा पुर्ने, कुनै भाँडामा पानी देखिए पोख्ने, लामखुट्टेका लार्भा भएका ठाउँमा लार्भिसाइट छर्ने काम गर्नु पर्ने स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कामको विवरण उल्लेख गर्नुभयो ।

वातावरण व्यवस्थापन विभागकाअनुसार पर्वलक्षित सफाइ सडक केन्द्रीत हुनेछ । झार उखेल्ने, नाली सफा गर्ने, पखाल्ने, टिपनटापन गर्ने सफाइका मुख्य क्रियाकलाप हुन् । यस क्रममा ब्रमुर, जेट मेसिनसहितका उपकरण परिचालन हुनेछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक रश्मी राईकाअनुसार, जनशक्तिले हाजिर भएर एक दिनमा ८ घण्टा काम गर्नुपर्नेछ । यसवापत उनीहरुले दैनिक ६६८ रुपैयाँ पारिश्रमिक पाउँछन् । उनीहरुका लागि १ सय दिनको काम सुनिश्चित गरिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, अशोज २५, २०८० १२:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।