May 22, 2024 | बुधबार, जेष्ठ ९, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो कान्तिपुर मिडियाका अध्यक्ष सिरोहिया कार्यलयबाटै पक्राउ श्रममन्त्री अर्यालको सम्पत्ति : सुन १५० तोला, बैंकमा सवा २ करोड (विवरणसहित) गृहमन्त्री रवि लामिछानेको सम्पत्ति कति छ ? प्रधानमन्त्रीको सम्पति कति छ, हेर्नुहोस् ! कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरू काे-काे पुगे कान्तिपुर कम्प्लेक्स ? ‘पूजार सार्की’ मा पलको नयाँ लुक्स सार्बजनिक आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत

युद्ध दिवस मनाउने जनताको चाहना छैन : पौडेल

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:५३
युद्ध दिवस मनाउने जनताको चाहना छैन : पौडेल
  • फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा गलत 
  • हिंसा सुरु भएको दिन मनाउनु ठिक हैन 
  • जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस्

काठमाडौं ।।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद विष्णु पौडेलले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने सरकारको घोषणा कुनै दृष्टिकोणले सही नभएको बताएका छन् । हिंसा सुरु भएको दिनलाई दिवसका रूपमा मनाएर देशमा लोकतन्त्रको सबलीकरण हुन नसक्ने उनको धारणा छ ।बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले हिम्मत भए संसद्‌मा ल्याएर बिदा दिने विषय पारित गरेर देखाउन सरकारलाई चुनौती दिए ।

“फागुन १ गते युद्ध दिवस मनाउन ठिक लाग्छ भने म सरकारलाई चुनौतीसाथ भन्छु-फागुन १ गते युद्ध दिवस मनाउनुपर्छ भन्ने प्रस्ताव सदनमा पेस गरोस्, अनि पास गरेर देखाओस्,” उनले भने, “यो निर्णयबाट पछि हटोस् । जनताको चाहनाविपरीत युद्ध दिवस मनाउने गल्ती नगरोस्, म चुनौती दिन चाहन्छु ।”

सांसद पौडेलले संसद्को चालु अधिवेशन प्रभावकारी नभएको टिप्पणी गरे । सदन प्रभावकारी हुन्छ भन्ने डर सरकारमा हाबी भएको उनको भनाइ थियो । “मेरो दाबी छ, संसद् प्रभावकारी हुन्छ कि भन्ने चिन्ता सरकारमा भयो । सांसदहरूले उठाएको आवाजको जवाफ सरकारले दिन चाहेन,” उनले भने । सांसदहरूले उठाएको आवाज सरकारले पूर्ण रूपमा निस्तेज गरेको उनले आरोप लगाए ।

 

  • साझा परिवेश
  • बिहिबार, कार्तिक १६, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्