काठमाडौं ।।
स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।छापावाल सुन तोलामा एक लाख १५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।