sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५0
जाजरकोटका भूकम्प प्रभावितलाई पलको सहयोग घोषणा

शुक्रबार साँझ ११ बजे जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी १२८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । त्यस क्षेत्रका धेरै घरहरु तहसनहस भएको अवस्था छ । अहिले सुरक्षाकर्मीदेखि चिकित्सकसम्म उद्दार र उपचारमा खटिरहेका छन् । यस्तैमा, विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाले भूकम्प प्रभावितका लागि आर्थिकदेखि खाद्यान्न-लत्ताकपडा सहयोग गरिरहेका छन् ।

अभिनेता तथा मोडल पल शाहले पनि आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले आफू संलग्न हाम्रो टिम नेपालको मार्फत् ५० हजार सहयोग गरेको जानकारी फेसबुकमार्फत् गराएका छन् । भूकम्पले धेरै घरहरु भत्किएकाले नागरिकहरु खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्दार गर्न उनले सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले भने भूकम्पपछि नेताहरु हेलिकप्टरबाट जाजरकोट जान थालेकोप्रति कटाक्ष गर्दै फेसबुकमा लेखेकी छन्, ‘यस्तो दुःखद अवस्थामा हेलिकोप्टर लिएर भ्रमणमा निस्किनुहुने नेताज्यूहरूलाई अनुरोध छ कि तपाईंहरु उड्ने हेलिकोप्टरमा उद्धारकर्मी र राहत सामाग्री पठाइदिनुस् । पीडितलाई तपाईंको अनुहारभन्दा उद्धारकर्मी र राहतकर्ताको अनुहार आफ्नो लाग्छ ।’

निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफूसँग भएको ५०/७० पिस ठूला त्रिपालहरु भूकम्प प्रभावित क्षेत्रमा सहयोग गरेका छन् । अभिनेत्री करिश्मा मानन्धरले भूकम्प पीडितको राहत, उपचार र उद्दारमा कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छन् । अन्य कलाकारहरुले पनि भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • साझा परिवेश
  • आइतवार, कार्तिक १९, २०८० १0:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid