sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:४७
केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • प्रतियोगितामा १२ टिमको सहभागिता रहने
  • विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने
  • साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको
  • कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने

पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहनेछ ।

सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब तथा मदन भण्डारी स्पोसर्ट एकेडेमीको २ टिम गरी १२ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिइएको हो । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजनामा टी-२० क्रिकेट प्रतियोगिता पोखरा रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउनेछन् ।

यस्तै, म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्यटार र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । ‘खेलले नै मित्रता कायम गर्छ । पोखरामा हुने प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा पनि साथ दिनेछ,’ उनले भने, ‘आगामी दिनमा यस्तै ठूला प्रतियोगिता गर्नेछौं ।’ प्रतियोगिता हेर्न क्रिकेट रंगशालामा अस्थायी प्यारापिट बनाइएको छ । साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । खेलका लागि पूर्वाधार भने पर्याप्त छैन । पूर्व राष्ट्रिय खेलाडी समेत रहेका प्रतियोगिता संयोजक शक्ति गौचनले पूर्वाधार निर्माणमा राज्यले नै चासो नदिएको बताए । ‘यो राज्यको सवाल हो । सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने,’यही रंगशालामा साफ खेल भैसकेको छ । सामान्य पूर्वाधार पनि छैन । पूर्वाधार भयो भने रंगशाला अन्तर्राष्ट्रिय स्तरको बन्नेछ । मदन भण्डारी स्पोर्ट्स क्लबले पनि दबाब दिन्छ ।’ प्रतियोगिता नियमित सञ्चालन हुने एकेडेमीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १४:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid