May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:२३
विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पछि भारत र अस्ट्रेलिया टी २० क्रिकेटमा आज आमने सामने हुदै छन् । भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुदै छ ।

२०२३ को विश्वकपको फाइनलपछि दुवै टोली एकअर्काको विरुद्धमा मैदान उत्रन लागेका हुन् । टी २०का लागि भारतले सूर्यकुमार यादवलाई कप्तान बनाएको छ । भारतीय टोलीले अधिकांश नयाँ खेलाडीलाई लिएर मैदान उत्रनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खेल अवधिभर पानी पर्ने सम्भावना छ । बिहीबार विशाखापट्टनममा ६० प्रतिशत पानी पर्ने सम्भावना छ । यदि टस अघि पानी पर्यो भने, खेल सुरु हुन ढिलाइ हुन सक्छ । खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

यस खेलको प्लेइङ इलेभेनमा टिम इन्डियाले यशस्वी जैसवाल र इशान किशनलाई मौका दिन सक्छ । तिलक वर्मा, रिंकु सिंह र अक्षर पटेललाई पनि मौका मिल्न सक्छ । फास्ट बलर अर्शदीप सिंह र प्रसिद कृष्णले स्थान पाउन सक्नेछन् । दुवैले अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन् ।

भारतीय टोली : इशान किशन (विकेटकीपर), यशस्वी जैसवाल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, शिवम दुबे, रिंकु सिंह, अक्षर पटेल, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, मुकेश कुमार, वाशिंगटन सुन्दर, आवेश खान, ऋतुराज गायकवााड र जितेश शर्मा ।

अष्ट्रेलिया टोली : ट्राभिस हेड, म्याथ्यू सर्ट, स्टिभन स्मिथ, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर÷कप्तान), सिन एबोट, एडम जाम्पा, नाथन एलिस, जेसन बेहरेनडोर्फ, तनवीर संघा, केन रिचर्डसन र आरोन हार्डी ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ७, २०८० १0:२३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।