sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:३९
अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ ।

विशाखापटनममा गएराति भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हरायो । अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १ बल बाँकी छँदै भेट्टायो ।

भारतको जितमा सूर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । इशान किशनले ३९ बलमा २ चौका र ५ छक्कासहित ५८ रन बनाए । त्यसअघि विशाखापटनममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि विकेट किपर जोश इङ्ग्लिसले ५० बलमा ११ चौका र ८ छक्कासहित १ सय १० रनको शानदार शतकीय इनिङ खेले पनि टोलीको जितका लागि पर्याप्त भएन । दोस्रो खेल नोभेम्बर २६ मा, तेस्रो खेल नोभेम्बर २८, चौथो खेल डिसेम्बर १ र पाँचौँ तथा अन्तिम खेल डिसेम्बर ३ तारिखमा हुनेछ ।

गएको आइतवार अस्ट्रेलियाले भारतलाई हराउँदै कीर्तिमानी छैटाैँ पटक एक दिवसीय विश्व कप क्रिकेटको उपाधि जितेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० 0८:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid