May 19, 2024 | आइतवार, जेष्ठ ६, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ सुनको मूल्य घट्यो प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्री लामिछाने राेष्टममा जाने कार्यसूची हटाइयाे

यू—१९ एसिया कप ; नेपालले आज पाकिस्तानको सामना गर्दै

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० 0८:२८
यू—१९ एसिया कप ;  नेपालले आज पाकिस्तानको सामना गर्दै

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा शुक्रबार नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । नेपालले आफ्नो पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबिचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

नेपाल उक्त प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले उक्त प्रतियोगिताका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । टोलीमा खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, हेमन्त धामी, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहरा, उत्तम रंगु थापामगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द रहेका छन् ।

यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रुपमा लिइएको छ । यू—१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदै छ ।

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कपको उपाधि जित्दै यू—१९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले युएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू–१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू—१९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २२, २०८० 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।