April 17, 2025 | बिहिबार, बैशाख ५, २०८२
सुचनाहरु
विमानस्थलमा एक युवालाई दुर्व्यवहार गर्ने प्रहरिमाथी छानबिन सुरु   माइतीघरमा नाराबाजी गरेका अमेरिकी नागरिक फर्किए आफ्नै देश  नाबालिग जोडीबीच सहमतिमा भएको सम्बन्ध जबरजस्ति करणी नहुने कवाडी संकलक कुट्ने काठमाडौ महानगरका नगरप्रहरीको गयो जागिर  “रुटिन अफ नेपाल बन्द” लाई सुचना आयोगले माग्यो लिखित जवाफ सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडरमा छनोट, के भन्छिन्? कालीगण्डकीमा नुहाउन गएकी बिण्णुको खोलाले बगाएर गयो ज्यान  २ महिनापछि सकुल भेटिईन् महाकुम्भमा हराएकी रोशनी  घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन

रविले प्रचण्डलाई माओवादीको घोषणापत्र सम्झिन बाध्य बनाए

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १३:५३
रविले प्रचण्डलाई माओवादीको घोषणापत्र सम्झिन बाध्य बनाए
  • रविले घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाए
  • न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन
  • म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छ 

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा रविले २०७९ सालको आम निर्वाचनमा प्रधानमन्त्रीको पार्टी नेकपा माओवादी केन्द्रको घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाएका थिए ।

माओवादी घोषणापत्रको पृष्ठ ११ को ६ नम्बरमा ०४७ सालको परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख एवं सदस्यहरु, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारी र विशिष्ट श्रेणीका कर्मचारीहरुको सम्पत्ति छानबिन गर्न अधिकार सम्पन्न अयाोग गठन गरिने उल्लेख रहेको रविले सम्झाएका छन् । त्यस्तै गत वर्ष पुसमा प्रचण्ड नेतृत्वमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुको सहकार्यमा सरकार गठन हुँदा तयार गरिएको साझा न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन गर्ने विषय समावेश रहेको रविले सम्झिए ।

२५ पुसको साझा न्यूनतम कार्यक्रममा भ्रष्टाचार र अख्तियारको दुरुपयोगसँग जोडिएका विषयको छानबिन तथा अनुसनधान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही गर्ने कुरा रहेको उनले बताए । एक वर्ष पूरा हुन लाग्यो आफ्नै प्रतिद्धता पूरा गर्न तपाईलाई कुन शक्तिले कहाँ घेराबन्दीमा पा¥यो ?’ रविले सोधे, ‘म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छौं ।’ रास्वपा सभापति लामिछानेले वर्तमान मन्त्रिपरिषदका सदस्यको सम्पत्ति विवरण सार्वजनिक नगरेकामा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनले सोधे, ‘मन्त्रीहरुको सम्पत्ति विवरण पहिले सार्वजनिक हुन्थ्यो, अहिले किन गोप्य राखियो ?’

 

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १३:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट