July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १५:२९
५६ वर्षको उमेरमा अरबाज खानले गरे दोस्रो विवाह
  • फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा
  •  शुरा खानसँग दोस्रो विवाह गरे
  • विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित

काठमाडौं ।।

बलिउड अभिनेता तथा फिल्म निर्माता अरबाज खानले ५६ वर्षको उमेरमा मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । दुवैको विवाह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो । अबेर राती अरबाजले सामाजिक सञ्जालमा श्रीमती शुरासँगको तस्वीर सेयर गरेका छन् । यो पोस्टमा अरबाज लेख्छन्- हाम्रा प्रियजनको उपस्थितिमा हामीले अनन्त प्रेम र एकताको सुरुवात गर्दैछौं । हामीलाई हाम्रो यो विशेष दिनमा तपाईहरुको आशिर्वाद र शुभकामना चाहिन्छ ।’ अभिनेत्री रविना टण्डनले पनि भिडियो सेयर गरिन् । जसमा उनी अरबाज खानसँग डान्स गरिरहेको देखिन्छिन् । सेयर गर्दै रविना लेख्छिन्- ‘बधाई, बधाई, बधाई… मेरो प्यारो शुरा खान र अरबाज खान । दुबैको लागि धेरै खुसी छु ।’

यो विवाहमा अरबाजका नजिकका र परिवारका सदस्य मात्रै उपस्थित थिए । अरबाजबाहेक आमाबुवा सलीम र सलमा खान, हेलेन, भाइ सलमान र सोहेल खान, बहिनी अलविरा खान अग्निहोत्री र युलिया वन्तुर, अभिनेत्री रिद्धिमा पण्डित पनि अर्पिताको घर पुगेका थिए । समारोहमा गायिका हर्षदीप कौरले पर्फम गरेको बताइएको छ । शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको थियो । दुवै एकअर्काको बारेमा धेरै गम्भीर थिए र चाँडै विवाह गर्न चाहन्थे ।

अरबाज पछिल्लो समयसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही दिनअघि नै उनीहरुको ब्रेकअप भयो । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन् । अरबाजले यसअघि सन् १९९८ मा मोडल-अभिनेत्री मलाइका अरोरासँग विवाह गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो । अरबाज र मलाइकाको २१ वर्षको छोरा अरहान खान छन् । हाल मलाइका फिल्म निर्माता बोनी कपूरका छोरा तथा अभिनेता अर्जुन कपूरसँग डेट गरिरहेकी छिन् ।

  • साझा परिवेश
  • सोमवार, पुस ९, २०८० १५:२९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट