May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- ओली प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि बोलाए राष्ट्रियसभामा कांग्रेसको अवरोध, आइतबारसम्म बैठक स्थगित सहकारी प्रकरणमा विपक्षी दलहरु एकजुट ; संसदीय छानबिन समिति बनाउनुपर्ने निष्कर्ष प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित् देउवाले बोलाएको बैठकमा राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भिजिट भिषामा युएई हुँदै कुवेत पठाएर बन्धक बनाइएकी महिलाको डिएसपी पन्थीले गरे ६ दिनमै उद्धार नेपालले टी-२० विश्वकप अघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने कांग्रेसले भन्याे- संसदीय छानबिन समिति गठनको मागबाट पछि हट्दैनाैँ

राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:३५
राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र पुलिस क्लबलबीच आज भएको फाइनल खेलमा ३–१ (तीन सेट) जितेर पुलिस क्लब उपाधि चुम्न सफल भएको हो ।

खेलको सुरुमा एपिएफले २५–२२ ल्याएर पुलिस क्लबलाई हरायो । दोस्रो, तेस्रो र चौथौँ खेलमा भने पुलिसले लगातार तीन सेट लिन सफल भयो । पुलिसले क्रमशः २५–१९, २५–१८ र २५–२३ अङ्क ल्याएको थियो ।

समूह चरणमा एपिएफसँग हारमा भोगेको पुलिस क्लबले आजको फाइनल खेलमा उपाधि हात पारेको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो । त्यसैगरी समूह चरणको खेलमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको गण्डकी प्रदेशले तृतीय स्थानका लागि फाइनलमा आर्मीलाई हराएको छ । आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो ।

पहिलो सेटमा गण्डकीले २५–२२ को ल्याएर जित्यो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको दोस्रो खेलमा बराबरीकै अवस्थामा अन्तिम समयमा २६–२४ अङ्क ल्याएर नेपाल आर्मीले जित्यो । तेस्रो खेलमा गण्डकीले २६–२४ र चौथो खेलमा २५–२२ ल्याएर तृतीय स्थान सुनिश्चित गरेको थियो ।

यही पुस २० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीय टोलीसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ‘ए’ मा पुलिस, एपिएफ, लुम्बिनी, बागमती र कोशी तथा समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेस थिए । खेलमा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल भलिबल सङ्घको आयोजना तथा कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा वीरेन्द्रनगरमा सम्पन्न खेलको समापन कार्यक्रममा सरकारका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही, आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेललगायतको सहभागिता थियो ।

कार्यक्रमको समापन गर्दै नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जीतेन्द्रबहादुर चन्दले नेपालको भलिबल खेलको विकास क्रमिकरुपमा बढ्दै गएको बताए । पर्यटनको सम्भावना बोकेको कर्णालीमा आगामी वर्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सञ्चालनमा सघाउने उजले प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष चन्दका अनुसार आजमात्र प्रतियोगितामा १५ हजारभन्दा बढी दर्शकहरुले अवलोकन गरेका छन् ।

  • साझा परिवेश
  • शुक्रबार, पुस २७, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।