April 14, 2025 | सोमवार, बैशाख २, २०८२
सुचनाहरु
आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने

क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१४
क्यानडामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित

काठमाडौँ । नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एक दिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई दुई विकेटले हराएको छ । जितसँगै नेपाल ‘ए’ ले तीन खेलको शृङ्खलालाई १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल बिहीबार खेलिने छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपाल ‘ए’ ले ४९.१ ओभरमा आठ विकेट गुमाएर विजय लक्ष्य पुरा ग¥यो ।

नेपाल ‘ए’ का लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । कप्तान सन्दीप जोराले उत्कृष्ट अर्ध शतक बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीपले ६६ रन बनाए । उनले ७४ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काएका थिए ।

नियमित कप्तान विनोद भण्डारी मंगलबारको खेलमा अनुपस्थित रहेपछि सन्दीपले कप्तानको जिम्मेबारी पाएका हुन् । बसिर अहमदले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनी ५२ रनमा अविजित रहे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका बसिर अहमदले ७३ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

टोलीका लागि रासिद खानले पनि उत्कृष्ट पाली खेले । उनले ४७ रन बनाए । रासिद खानले ५१ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । कप्तान सन्दीप आउट भएपछि बसिर अहमद र रासिद खानले नै जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै नेपाललाई जिततर्फ डो-याएका थिए ।

नेपाल ‘ए’ का लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि ४० रनको योगदान गरेका थिए । उनले ५७ बलमा ६ चौका प्रहार गरे । अर्का ओपनर मयान यादब भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान शेर मल्ल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । किरण ठगुन्ना पनि १३ रन बनाउँदै पेभेलियन फर्किएका थिए । रिजन ढकाल एक रनमा अविजित रहे । क्यानडा–११ का बलर अमर आलिद, साहिद अहमदजाई र निखिल दत्तले दुई–दुई विकेट लिए । साद जाफर र हर्ष ठाकेरले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि भ्रमणकारी टोली क्यानडा–११ लाई ओपनर ब्याट्सम्यान द्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाएका थिए । उनीहरुले ६४ रनको साझेदारी गरे । एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए ।

चौथो नम्बरका ब्याट्सम्यान नवनित धालिवालले टोलीको खातामा ४६ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा एक छक्का र ६ चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले अर्ध शतक बनाए । उनले ६८ रन बटुले । मोभाले ८२ बलमा पाँच चौका हिर्काए ।

नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । सागर ढकाल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन ८, २०८० १७:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट