October 1, 2023 | आइतवार, अशोज १४, २०८०
सुचनाहरु
१९ वर्षमुनिको साफ : पाकिस्तानलाई ३ गोलले हराउँदै भारतले जित्यो उपाधि आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य “रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ विश्व हिन्दु महासंघ मातृ शक्ति रामेछापको अध्यक्षमा शान्ता कार्की चयन मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरमा बालकको ज्यान गयो गुडिरहेको स्कुटरमाथि रुख खस्दा एकको मृत्यु सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी विद्यालयको छात्रावासमै झुन्डिएको अवस्थामा भेटिए आठ वर्षीय बालक एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य अभिनेता अनमोल केसी पक्राउ डाक्टर कुट्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ : डा. केसी अन्तरिक्षमा ३७१ दिन बिताएर पृथ्वी फर्किए फ्र्यांक रुबियो, राखे नयाँ रेकर्ड डेंगीले दैनिक १४ सय संक्रमित थपिँदै सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट काट्ने क्रम बढ्यो चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन इटहरीस्थित विराटनगर रोडमा भयानक दुर्घटना, २ जनाको अवस्था चिन्ताजनक सरकारले अर्थ समितिको ८० प्रतिशत निर्देशन मानेन : सभापति चालिसे आफ्नै घरमा मोटर मर्मत गर्दा गर्दै करेन्ट लागेर मृत्यु

‘सुन सुन सुन्दरी’ गीत टिकटकमा भाइरल

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३६
‘सुन सुन सुन्दरी’ गीत टिकटकमा भाइरल

भदौको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘नाङ्गो गाउँ’ चर्चामा छ । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा यो फिल्मप्रति उत्साह बढेको हो । यसैबिच, फिल्ममा समावेश ‘सुन सुन सुन्दरी’ बोलको गीत सामाजिक संजालमा टिकटकमा भाइरल बनेको छ । जसलेगर्दा, युट्युबमा पनि गीतको भ्यूज बढिरहेको छ । अन्जु पन्त र एसडी योगीको स्वरमा समावेश यो गीतको ‘भए शिरफूल नभए लाउलाउ लाछा डोरी उनैको, सबको माया बैगुनी छ तिम्रो माया गुनैको’ अंश टिकटकमा भाइरल बनेको छ ।

टिकटकमा यो गीत चलेपछि गीतले युट्युबमा ५ दिनमा साढे ६ लाख भ्यूज पाइसकेको छ । गीत सामाजिक संजालमा हिट भएपछि यसको प्रभाव फिल्मको बक्स अफिसमा पनि पर्ने देखिन्छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा हिमाल शर्माको प्रस्तुति छ । फिल्मको यो गीतमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई फिचरिङ गरिएको छ ।

सुष्मा सिग्देलले लेखेको गीतमा सुशान्त गौतमको संगीत छ । जय श्रेष्ठको लगानीमा बनेको फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् । फिल्मले राजनीतिक कथावस्तुलाई प्रस्तुत गरेको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई आलोक शुक्लाले खिचेका हुन् । यसैबिच, फिल्मको प्रदर्शनको दिन नजिकिदै जादा यसको निर्माणपक्षले देशभर प्रचारलाई पनि तिव्रता दिइरहेको छ । पश्चिमको नेपालगञ्जदेखि पूर्वको झापामा फिल्मको पोष्टर अटोमा टाँसेर प्रचार गर्ने कामलाई यसको निर्माणपक्षले तिव्रता दिएको छ । प्रस्तुतकर्ता शर्माले ग्राउन्ड जिरो प्रचार अन्तरगत अटोमा पोष्टर टाँसेर प्रचारको कामलाई तिव्रता दिएको बताए ।

  • साझा परिवेश
  • मङ्लबार, भदौ २६, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट