इन्डियन प्रिमियर लिग (आईपीएल)काे फ्रेन्चाइजी क्लब दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ।
आइतबार विशाखापट्टनममा चेन्नई सुपर किंग्ससँगको खेलपछि स्लो ओभर रेटमा दोषी ठहर भएपछि पन्तविरुद्ध कारबाही गरिएको हो।
आईपीएलले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, ‘दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई मार्च ३१ मा विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी स्टेडियममा भएको खेलमा चेन्नई सुपर किंग्ससँगको खेलमा स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ।’