

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
झापा : भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई […]
चीनको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी आरोही तेन्जेन लामाको मृत्यु भएको छ। हिमपहिरोमा बेपत्ता भएका शेर्पाको मृत्यु भएको पुष्टि सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पाले गरेका छन्। तेन्जेन शनिबारदेखि तिब्बतमा पर्ने सिसापाङ्मा हिमालमा बेपत्ता थिए। ७ हजार ६ सय मिटरमाथि गएको हिमपहिरोमा एक नेपाली र एक अमेरिकी आरोहीको पनि मृत्यु भएको छ। तेन्जेन […]
सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल […]
काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ […]
काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु […]
काठमाण्डौ – आज विश्व हुलाक दिवस मनाइँदैछ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ तारिखमा विश्व हुलाक दिवस मनाउने गरिएको छ । हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको […]
काठमाण्डौ – सरकारले इजरायलमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न ढिलो गरेको भन्दै आलोचना भएको छ । अस्ति शनिवारदेखि बंकरभित्र बसिरहेका नेपालीले आफूहरुको छिटो उद्धार गर्न माग गरिरहेका छन् । तर सरकारले अहिलेसम्म इजरायलमा रहेका नेपालीलाई सचेत रहन र घटनाबारे जानकारी दिन विज्ञप्ति निकाल्नुबाहेक अरु कदम चाल्न सकेको छैन । परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासबाट आवश्यक […]
रन्जना काफ्ले । भक्तपुर ।। स्वच्छ सरस्वतीनगर समाज, गठ्ठाघरद्वारा आयोजित १० औं साधारण सभा भव्यताकासाथ सम्पन्न भएको छ । समाजले ज्येष्ठ नागरिक लगाएत विभिन्न विद्यार्थीहरुलाई समेत सम्मान गरेको छ । भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र समाज रहेको मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्णहरि आचार्यले ८७ वर्षीया सुभद्रा […]
मेष– मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष– काममा मन प्रसस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला […]
तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लो को स्वरमा रहेको ’उठनु पर्छ जुटनु पर्छ ’ गीतको अडियो सार्वजनिक भएको छ । साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ । तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण […]
हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाए आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् काठमाडौं ।। हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको […]
नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहल गर्दै समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधै कुरा गर्नुपर्छ काठमाडौं ।। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुक्ताका साथ पहल लिनुपर्ने […]