

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव ‘नक्साको विषयमा जनताले थाहा पाउने लेभलमा धारणा राख्नुपर्यो काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधामन्त्रीलाई सात बुँदे लिखित सुझाव दिएको छ । अमेरिका र चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्रीहरुले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग परामर्श गरेका थिए । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा रास्वपा नेताहरुले […]
नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्ने काठमाण्डौ ।। नेपाली र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ । संयुक्त सैन्य अभ्यास असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा चल्नेछ । यो अभ्यासमा नेपाली ३० र अमेरिकी १२ जना गरी ४२ जना सैनिक सहभागी […]
पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु शनिबार आएको पहिरोका कारण केआईसिंह राजमार्ग अवरुद्ध धनगढी ।। डडेल्धुरामा पहिरोसँगै खसेको ढुंगा लागेर मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । केआईसिंह राजमार्गअन्तरगत गन्यापधुरा गाउँपालिका-२ को रडुवामा खसेको पहिरोसँगै आएको ढुंगा लागेर अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । डडेल्धुराका निमित्त […]
मलंगवामा लगाइएको कर्फ्यु आज देखि हट्यो प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी धार्मिक, जातीय र सांस्कृतिक कायम राख्न सबैलाई आह्वान सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु आज बिहानदेखि हटेको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, निषेधाज्ञा आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधा भने […]
संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक हुँदै बैठक प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा केन्द्रित न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाँदै काठमाडौं ।। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने […]
यादवमाथि भएको सांघातिक हमलामा कांग्रेसको भर्त्सना कारबाही गर्नुपर्ने कांग्रेसको माग कडा भन्दा कडा कारबाही गर्न पनि सरकारसँग माग गर्दै काठमाडौं ।। नेपाली कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ । रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार भएपछि घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनापछि कांग्रेस पार्टी कार्यालयका […]
खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए भारतीय क्रिकेटर कोहलीले आशिफ शेखलाई मेडल लगाइदिए ‘एउटा मेडल मलाई दिनू, मैले क्याच छाडेको छु’ : आशिफ शेख काठमाडौं ।। एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल सकिएपछि दुवै टोलीका सदस्यहरुले हात मिलाए, अनि आ-आफ्नो ड्रेसिङ रुममा गए । प्रशिक्षक मोन्टी देशाई भने दुई टोलीको ड्रेसिङ रुम भिजिट […]
सामाखुशीमा ‘मट्का फुटाउने’ प्रतियोगिता कपुरधारास्थित चिल्ड्रेन पार्कमा प्रतियोगिता आयोजना रातो र निलो रिबन लगाउने दुई समूहको सहभागिता प्रतियोगिताका विजेता टोलीले रू २० हजार नगद पुरस्कार प्राप्त गरे काठमाडौँ ।। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर काठमाडौँको सामाखुशीमा ‘मट्का फुटाउने’ प्रतियोगिता आयोजना गरिएको छ । सामाखुशी युवा क्लबको आयोजनामा हरेक वर्ष झैँ यसवर्ष पनि जन्माष्टमीको अवसरमा आज काठमाडौँ […]
राष्ट्रपतिले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरे मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन् । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको […]
यादवमाथि काठमाडौंमा खुकुरी प्रहार ४७ वर्षका श्यामबहादुर सापकोटा पक्राउ पछ्याउँदै आएर प्रहार गरे काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री महेन्द्र यादवमाथि काठमाडौंमा खुकुरी प्रहार भएको छ । भृकुटी मण्डपमा रहेको रिपोटर्स क्लबमा भएको कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको छ । यादवलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोटको विदुर नगरपालिका टुप्चे घर भई […]
विद्यार्थीहरु आफैँ तरकारी बिक्री वितरण गर्दै कृषि शिक्षा बढी प्रयोगात्मकमा केन्द्रित हुने ऋण तिर्ने बाँकी रहेको रकम कोषमा जम्मा गर्ने बानी तुलसीपुर ।। केही विद्यार्थीले तरकारी तौलिरहेका छन् भने केहीले ग्राहकसँग ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू आफैं उत्पादन गरेका तरकारी आफैँ बिक्री वितरण गर्दै आएका हुन् । तुलसीपुर उपमहानगरपालिका–४ स्थित गुरुगजुर माविमा कृषि बाली विज्ञान […]
क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत प्रहरीको ब्याण्ड टोलीसमेत विमानस्थलमा लगियो क्रिकेट समर्थकहरु टोलीलाई स्वागत गर्न विमानस्थल पुगे काठमाडौं ।। एसिया कप क्रिकेट खेलेर नेपाल फर्केको राष्ट्रिय टोलीको भव्य स्वागत भएको छ । श्रीलंका र पाकिस्तानमा जारी एसिया कप क्रिकेटमा नेपाल समूह चरणबाट घर फर्केको हो । नेपाली टोलीलाई स्वागत गर्न सशस्त्र प्रहरीको […]