

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न सरोकारवालासँग आग्रह गरेका छन् । बजेटमा लक्ष्य पूरा गर्न सकिने गरि तोकिएको दावी गर्दै उनले यसलाई कामले प्रमाणित गरिने बताए । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पोस्ट बजेट पत्रकार सम्मेलनमा बोल्दै उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको बताए । बजेट प्रणालीमा सुधार, […]
जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो […]
झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ । कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पशु मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उहाँले […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा सकेसम्म राम्रो गर्न कोसिस गर्ने बताएका छन् । नभए नराम्रो चाहिँ नगर्ने उनले बताए । माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले भविष्यसम्म जनताले सम्झिने केही काम होस् भन्ने चाहनाका साथ भोलि भारत जान लागेको बताए । […]
काठमाडौं । सरकारले सुन र चाँदीको भन्सार दर १५ प्रतिशतले वृद्धि गरेको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार वृद्धि गरेका हुन् । यसअघि प्रति १० ग्राम सुनको भन्सार ८ हजार ५ सय रुपैयाँ भन्सार लाग्ने गरेकोमा अब त्यो १५ प्रतिशतले वृद्धि भएर १२ […]
काठमाडौं । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिएको छ । उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन अभियुक्तको बयान सुरु भएको छ । अदालतका सूचना अधिकारी दीपक दहालका अनुसार मंगलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीको बयान सुरु भएको हो । यी तीनको बयान छुट्टा-छुट्टै सुरु गरिएको उनले जानकारी दिए । यसअघि, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ […]
सिमकोट – विद्यार्थीलाई चौरमा बसेर पढ्नुुपर्ने बाध्यता आइलागेको छ। तीन दिनदेखि परेको वर्षाका कारण माथिबाट आएको पानीको भल कक्षामा पसेपछि हिलाम्मे कोठामा यसरी पढ्नुपरेको हो। ताँजाकोट गाउँपालिका–१ काँडागाउँको जनप्रकाश माध्यमिक विद्यालयका प्रधानाध्यापक दलपति खड्काले दुुई दिनको वर्षाले गर्दा माथिबाट पानीको भल कक्षाकोठामा पस्दा विद्यार्थीलाई विद्यालयको चौरमा पठनपाठन गर्नुपरेको बताए। कोठामा भल पसेपछि ६ वटा कोठा […]
बुटवल । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गते आइतबारदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको छ। लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेठ १५ गते बिहान ८ बजेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको घोषणा गरेका थिए। जेठ १५ गते बिहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यवसायिक सञ्चालनमा आएको बताउँदै अध्यक्ष ढकालले जेठ […]
काठमाडौं । आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट वक्तव्यमा दशौँपटक भरतपुर क्यान्सर अस्पतालका लागि पेट स्क्यान मेसिन खरिदको विषय समेटिएको छ । १० वर्षअघि आर्थिक वर्ष २०७०-०७१ को बजेटमा भरतपुर क्यान्सर अस्पतालमा पेट स्क्यान मेसिन र त्यसका लागि साइक्लोट्रोन खरिदका लागि १६ करोड रुपैयाँ छुट्याइएको थियो । सोही शीर्षकमा सरकारले आर्थिक वर्ष ०७१-७२ मा ४५ […]
रुकुमपश्चिम । मुसीकोट नगरपालिका–१० मा सात वर्षपहिला निर्माण सुरु गरिएको सिँचाइ आयोजना हालै सम्पन्न भएको छ। २०७३ सालमा निर्माण सुरु गरिएको सारापोले नमुना बस्ती सिँचाइ आयोजना सात वर्षपछि निर्माण सम्पन्न भएको हो। वडाध्यक्ष धनबहादुर खड्काले अलपत्र अवस्थामा रहेको सिँचाइ आयोजना निर्माण सम्पन्न भएको जानकारी दिनुभयो। उहाँका अनुसार २०७३ सालमा साबिक जिल्ला सिँचाइ कार्यालयमार्फत सुरु गरिएको […]
काठमाडौं । दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल रोल्पाका हरि बुढामगरलाई नेकपा माओवादी केन्द्रले सम्मान गरेको छ । मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले बुढामगरलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् । महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्व शान्तिको अभियान सुरु गर्ने योजनामा रहेका बुढामगरलाई पार्टीले […]