

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले अयोग्य घोषित माओवादी लडाकुलाई २ लाखका दरले सहयोग उपलब्ध गराउने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेको छ । बिहीबार सभामुख देवराज घिमिरेसँगको भेटमा समाजले सो आग्रह गरेको हो । शान्ति प्रक्रियाका क्रममा अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषित गरेको थियो । छलफलका क्रममा क्रममा […]
काठमाडौं । मिस नेपाल–२०२३ को प्रतिस्पर्धा आज देखि औपचारिक रुपमा सुरु भएको छ । ‘मिस पपुलर च्वाइस’ विधाको भोटिङ सुरु भएसँगै यस वर्षको मिस नेपालको प्रतिस्पर्धा प्रारम्भ भएको हो । द हिडन ट्रेजरका अनुसार दर्शकले २४ जना प्रतिस्पर्धीमध्ये आफूलाई मनपर्ने एकलाई मतदान गर्न सक्नेछन् । सर्वाधिक मत ल्याउने एक जनाले सिधै अन्तिम ११ अर्थात् फाइनलमा […]
काठमाडौं । २०७० साल बैशाख ९ गते १९ वर्षीया किशोरी विन्दवासिनी कंसाकारमाथि हेटौंडामा एसिड आक्रमण भयो । टिनएज पार गर्न लागेकी कंसाकारले आफ्नो यस्तो दुर्घटना होला भनेर कल्पेकी पनि थिइनन् । तर, भारतीय नागरिक दिपीलराज केशरीले विवाहको प्रस्ताव अस्वीकार गरेका कारण उनलाई एसिड आक्रमण गरेका थिए । उक्त दुर्घटनापछि अभियुक्त केशरी फरार रहे । पछि […]
गोरखा । गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन । पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् । मेयर कृष्ण रानामगर सडकका कारण […]
काठमाडौं । गत असोजमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र ‘प्रेमगीत ३’ निर्माण समूहबीच निकै आरोप–प्रत्यारोप चल्यो । विवाद र नोकझोंक यति चल्यो कि अभिनेता प्रदीप खड्काले पत्रकार सम्मेलनमै बोर्ड अध्यक्ष केसीको राजीनामा मागे । यसपछि झनै विवाद चुलियो । विवादकै कारण ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालीकै मितिमा प्रदर्शन सकेन । सामाजिक सञ्जालदेखि कार्यक्रममा […]
काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको सचिवालयमा कार्यरत कर्मचारी देवप्रकाश राईले घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले नगरपालिकामा जागिर लगाइदिन्छु भनेर एक व्यक्तिसँग डेढ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएको हो । अडियोमा गुड्डुकुमारी मण्डलले आफूसँग अहिले ५० हजार रुपैयाँ रहेको बाँकी पैसा १० दिनभित्र दिने बताउँछिन् । तर राईले […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नदिन आग्रह गरेको जानकारी दिनुभयो । शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग […]
काठमाडौँ । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन […]
काठमाडौं । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्यड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ । सान्टियागो बर्नबेउमा बुधवार राति भएको खेलमा रियलले चेल्सीलाई २–० को गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे । सान्टियागो बर्नबेउमा बुधवार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको […]
दैलेख । दैलेख जिल्ला अदालतले युवती बलात्कार कसुरमा भगवतीमाई गाउँपालिका–२, रुमका २१ वर्षीय मोहन बुढालाई सात वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट सात वर्ष कैद, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति र पीडित राहत कोषमा एक हजार तीन सय रुपियाँ तिर्नुपर्ने फैसला मङ्गलबार भएको हो। दैलेख जिल्ला अदालतका सूचना अधिकारी टीकाराम […]
काठमाडौं । राजनीतिक विश्लेषक एवं नेपालमा मधेश आन्दोलनको विषयमा विद्यावारिधि गरेका डा.विजय मिश्रले उपेन्द्र यादव खतराको जोनमा रहेको बताएका छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा बारा निर्वाचन क्षेत्र नं. २ का उम्मेद्वार रहेका उपेन्द्र यादवलाई चुनाव जित्न निकै चुनौतीपूर्ण रहेको विश्लेषक डा.मिश्रले बताएका हुन् । एउटा सञ्चारमाध्यममा अन्तर्वार्ताको क्रममा डा.मिश्रले भनेका छन्, ‘उपेन्द्र यादवलाई […]
नेपालगञ्ज । पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ । कोहलपुर नगरपालिका–११ गोलपार्कमा निर्माण गरिएको लिफ्टसहितको सुविधा सम्पन्न सो भ्यूटावरको निर्माण कार्य पूरा गरिएको निर्माण कम्पनी एशोसिएट जय भवानी निर्माण कम्पनीका सञ्चालन अर्जुन पनेरुले बताउनुभयो । उहाँले दुई साताभित्र सर्वसाधारणका लागि […]