

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू-मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व स्वास्थ्य संगठनले बितेका वर्षहरूको तुलनामा विश्व मानव समुदायकै निद्रा खलबलिँदै गएको बताएको छ । आधुनिक अर्थव्यवस्थाले धेरैजसो व्यक्तिको समय तालिका
आठ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी छ। सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठक राष्ट्रपति निर्वाचन, समसामयिक विषयमा केन्द्रित छ। राष्ट्रपति निर्वाचन फागुन २५ गते हुँदैछ। आठ दलले साझा उम्मेदवारका रुपमा कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ। नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। यता प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
ताप्लेजुङ/ गणेशकुमार श्रेष्ठ विधुत प्राविधरण ताप्लेजुङ वितरण केन्द्रको चरम लापरवाहीको कारणले गर्दा बालबालिका लगायत बाटो हिँड्ने मानिसको ज्यान जोखिममा परेको छ । फुङलिङ नगरपालिका वार्ड नं. ४ बालमन्दिर नजिकै रहेको विधुत प्राधिकरणको ट्रान्सफर्मर रहेको विधुत पोल सडक सँगै जोडिएको छ । उक्त पोलमा रहेको फ्युजको लागि राखिएका नाङ्गो तार जमिनको सतहबाट करिब १ मिटरको उचाइमा […]
काठमाडौं । नेपाललाई यू–१९ विश्वकपमा फर्किनु थियो, देव खनाललाई सिनियर टिममा । नेपालले २०१६ यता उमेर समूहको विश्वकप खेल्न सकेको थिएन । प्रशिक्षक पुबुदु दशानायकेको पालामा सिनियर टिममा डेब्यू गरिसकेका देव खनाल पनि पछिल्लो समय राष्ट्रिय टिममा अटाएका थिएनन् । त्यसैले यूएईलाई उसकै घरेलु मैदानमा हराएर यू–१९ विश्वकपमा पुग्नु नेपालका लागि जति महत्वपूर्ण थियो, देवलाई […]
चितवनः चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं’ प्रवक्ता मोहन […]
गोरखा: प्रसिद्ध मनकामना मन्दिरमा परेवा उडाउन प्रतिवन्ध लगाइएको छ। सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाइसँग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा उडाउन निषेध गरेको हो। उडाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा उडाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ। मनकामना […]
काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल (आहुति), नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित […]
धनकुटा : धनकुटा नगरपालिकाले ३६ सहकारीलाई आवश्यक कागजात बुझाउन भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको छ। विगत तीन वर्षदेखि लेखापरीक्षण प्रतिवेदन नबुझाएका र साधारणसभासम्बन्धी जानकारी नदिएका सहकारीलाई नगरले कागजात मागेको हो। नगरपालिकाअन्तर्गतको आर्थिक विकास शाखामा ७६ सहकारी संस्था दर्ता छन्। तीमध्ये ३६ सहकारीले तीन वर्षभन्दा बढी अवधिदेखि विवरण नबुझाएको आर्थिक शाखा अधिकृत विकास अधिकारीले बताए। धनकुटा […]
झापा ।। झापाको चारआली स्थित पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । यही चैत्र ८ गते बाट १६ गते सम्म आयोजना हुन लागेको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले बताउँनु भयो । समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार रश शान्तिका लागि धार्मिक धामको […]
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने […]
झापा । फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको एक ऐतिहासिक दिन । २०२९ फागुन २१ मा पञ्चायती शासकविरुद्ध भएको झापा विद्रोहको बिष्फोटक दिन हो । यसै दिन विद्रोहमा संलग्न भएकै कारण इलामको माईनगरपालिकाको दानाबारीस्थित सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई पञ्चायती शासकले गोली हानी हत्या गरेको थियो । झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा रामनाथ दाहाल, नेत्र घिमिरे, […]
काठमाडौं । ८ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा आसन्न राष्ट्रपति निर्वाचनका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरुले बताएका छन् । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन गरी कारबाहीको माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता […]