काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले शुक्रबार ट्वीट गर्दै ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेका हुन्। अध्यक्ष ओलीले ट्वीटमा भनेका छन्, ‘नेपाली रेडियोको इतिहासमा बिर्सिन नसकिने आवाजको नाम, कृष्णा ताम्राकार! उहाँलाई केही दिनअघि सम्मान गर्ने अवसर जुरेको थियो। उहाँको निधनको खबरले अत्यन्त दुःखी छु। ताम्राकारको […]
मुगु । मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर […]
काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् । केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । […]
काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गर्दै जनसंख्याको विवरण सार्वजनिक गरेको छ । जनगणना २०७८ अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख ११ हजार २७ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ५३ हजार ५५१ रहेको छ […]
बारा । सत्ता गठबन्धनबाट बारा २ को उपचुनावमा उपेन्द्र यादवलाई समर्थन गरिए कांग्रेस, माओवादीलगायतका दलमा विद्रोहको चेतावनी फैलिएको छ । सो क्षेत्रबाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएपछि रिक्त ठाउँमा वैशाख १० गते उपचुनाव हुँदैछ । सप्तरी २ मा पराजित भएका जसपा अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभामा आउनकै लागि रामसहायलाई उपराष्ट्रपति बनाइएको हो । १० दलीय […]
काठमाडौं । मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसानहरुको समस्या समाधान गर्न सरकारले पहल सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितलाई न्याय हुने गरी कानूनको मस्यौदा मन्त्रिपरिषद बैठकमा पेश गर्न कानून मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । पीडित किसानहरुको समस्या समाधान गर्न गृहमन्त्रालयले कानून बनाउनका निम्ति मस्यौदा बनाएर […]
काठमाडौं । सत्तारुढ १० दलीय गठबन्धनबाट सरकारमा सहभागिताको छलफल चलिरहेका बेला नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भएको भेटमा मन्त्रिपरिषदलाई पूर्णता दिने र प्रदेश सरकारहरूबाट एमालेलाई हटाउने बारेमा छलफल भएको हो । केन्द्र सरकारबाट एमाले बाहिरिए पनि सुदूरपश्चिमबाहेक सबैमा एमाले सत्तारुढ अवस्थामै […]
काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छ । राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा. दिनेश काफ्लेले जानकारी दिए । उनका अनुसार डा. निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उनले भने, ‘राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण […]
काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार रानीपोखरीमा अब सर्वसाधारण विनाटिकट अवलोकन गर्न जान पाउनेछन् । ‘पुनर्निर्माणपछि महानगरले बारम्बार सर्वसाधारणलाई खुलाउन पहल गर्दै आएको थियो । बुधबारबाट औपचारिक रुपमा खुले पनि […]
काठमाडौँ । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ । गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । गीतमा अभिनेता स्वयंले अभिनय गर्नुभएको छ भने उहाँलाई गायक प्रकाश सपुत र नायिका प्रियङ्का […]
उर्लाबारी। सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन् । मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो। उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो। त्यसैबेला […]