काठमाडौं ः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्। उपप्रमुख सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर मंगलबार बिहान २ बजेको उडानबाट शाह बेलायत प्रस्थान गरेका हुन्। आजदेखि चैत २ गतेसम्म हेल्दी सिटीज समिट इन लण्डन शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन मेयरसँगै, साझेदार सहरबाट प्राविधिक सत्रमा […]
काठमाडौं ः निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू गरिएको हो। निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा […]
कानमा पिप आउने वा पानी बग्ने आम समस्याजस्तै बनेको छ । खासमा यो किन हुन्छ ? यसको जटिलता के हो ? उपचार कसरी हुन्छ ? यो कसरी निको हुन्छ ? यावत् प्रश्न उठ्नु स्वभाविक पनि हो । खासमा कानमा संक्रमण भएपछि पिप र पानी बग्ने हुन्छ । यसमध्ये पनि फंगल ब्याक्टेरियल इन्फेक्सनले कानमा पिप बग्ने […]
काठमाडौं निजामती कर्मचारी (सिभिल) अस्पताल काठमाडौंमा सिनियर रजिष्ट्रारदेखि हलुका सवारी चालकसम्मका विभिन्न पदमा विज्ञापन खुलेको छ । अस्पतालले खुला र समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्न ३३० जनाका लागि लिखित परीक्षाको विज्ञापन खुलाएको हो । यसैगरी कार्यक्षमता मूल्यांकनबाट हुने ४२ जना बढुवाका लागि पनि सूचना जारी गरिएको छ । विज्ञापन खुलाइएका पदहरुमध्ये सबैभन्दा धेरै संख्या नर्सका […]
चितवन । चितवनमा प्रहरीले स्ववियूको निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले कलेजमा लगाएका ताला फुटाउन थालेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने कलेजहरुमा विद्यार्थीहरुले लगाएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्टै आज बिहान प्रहरीले ताला फोडेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार प्रहरीले मंगलबार बिहानै […]
काठमाडौं । वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ । सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेका छन् । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दासमेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको हो । अस्पतालका अनुसार ढकाल २०७६ फागुन १५, […]
काठमाडौं । सुनको मूल्य बढ्ने क्रम जारी छ। अघिल्लो कारोबार दिन आइतबार १ हजार ७०० रुपैयाँले बढेको सुन सोमबार तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो। आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० पुगेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्। सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए। उनले सत्ता समीकरण परिवर्तन भएपछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए। ’सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,’अहिले सरकारमा जाने […]
बेइजिङ । चीनको शेनझोउ–१५ को चालक दल आगामी जुन महिनामा पृथ्वीमा फर्कने चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) ले जनाएको छ । अन्तरिक्ष केन्द्रको संयोजनले निरन्तर काम गरिरहेको र शेन्झोउ–१५ अन्तरिक्ष यात्रीहरू जुनमा फर्किने सीएमएसएले सोमबार जनाएको हो।सबै अन्तरिक्ष यात्रीहरू राम्रो अवस्थामा रहेको केन्द्रले बताएको छ। चीनले यस वर्ष अन्तरिक्ष स्टेशन अनुप्रयोग र विकासको लागि तीन […]
महोत्तरी । महोत्तरी प्रहरीले नेहा चौधरीको दाइजो प्रकरणमा संलग्न थप एक जनालाई पक्राउ गरेको छ। लामो समयदेखि फरार रहँदै आएको सोही मुद्दाका एक प्रतिबादीलाई महोत्तरी प्रहरीले नेपाल भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर न.पा.वडा न ४ घर भएका ६० वर्षीय राम प्रवेश चौधरीलाई प्रहरीले पक्राउ गरी दाइजो सम्बन्धी कसुरको लागि […]
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ को अन्तिम त्रिदेशीय एकदिवसीय शृंखलामा पीएनजीविरुद्ध राम्रो सुरुआत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १६ ओभरमा ५७ रन खर्चिएर तीन विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले दुई ओभरमा सात रन खर्चिएर एक विकेट लिएका छन्। यस्तै,ललित राजवंशीले तीन ओभरमा पाँच रन खर्चेर एक […]
काठमाडौं । २३ वटा निर्णाण तथा आपूर्तिकर्ता कम्पनी कालो सूचीमा परेका छन् । समयमै काम सम्पन्न गर्न नसकेका कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो । कार्यालयले कालो सूचीमा परेका कम्पनीको नाम सार्वजनिक गर्दै यी कम्पनीले तोकिएको अवधिसम्म कुनै खरिदको काममा सहभागी हुन नसक्ने जनाएको छ । २३ कम्पनीलाई कम्तिमा एक वर्षादेखि बढीमा […]