काठमाडौं । भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो । दुई देशबीचको विवादित सीमा क्षेत्र रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ मा भएको झडपमा दुवैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।
जाजरकोट। यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका-२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन्। त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका-५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा […]
काठमाडौं। सरकार गठनका लागि बहुमत पुर्याउने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संहिता , २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९’ ल्याएपछि त्यसको चौतर्फी विरोध भएको छ। विषेश गरी सरकारको नेतृत्व गरेको दल नेपाली कांग्रेसभित्र अध्यादेशको चर्को विरोध भएको छ। प्रमुख प्रतिपक्ष नेकपा एमालेले अध्यादेशको विरोध गरेको छ भने सरकारमा सहभागी माओवादी […]
तेस्रो पटक उद्घाटन गरिएको मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्ताका घरमा पठाउँदा ठाउँ ठाउँमा पाइप फुटेका छन्। मेलम्ची खानेपानी आयोजनाले राम्ररी पाइप परीक्षण नगरी पानी पठाउँदा काठमाडौंका कयौँ ठाउँमा पाइप फुटेर सडक जलमग्न भएका छन्। काठमाडौंका लैनचौर र नारायणहिटी क्षेत्रका केही स्थान र सडक पूरै डुबानमा परेका छन्। नारायणहिटीको पुरानो राहदानी विभाग क्षेत्र जलमग्न […]
काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा […]
टोकियो । जापानको नागोयामा नेपाली युवा विद्यार्थी नवराज वाग्लेको निधन भएको छ । जापान आएको ६ महिना नपुग्दै उनको असामयिक निधन भएको हो। नेपालको नुवाकोट घर भएका वाग्ले हाल जापानमा विद्यार्थी भिसामा आएका थिए । आफ्नै कोठामा सुतेको अवस्थामा उनको निधन भएको बुझिएको छ । राति कामबाट फर्किएर वाग्ले बिहान खाना खाएर सामान्य अवस्थामै सुतेका […]
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्रे जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन हुँदा लोकमार्गको काम ठप्प भएको छ । निर्माण जिम्मा लिएको श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ करिब एक महिनादेखि सम्पर्कविहीन हुँदा करिब १२ किलोमिटर सडकको काम अलपत्र परेको हो । आर्थिक वर्ष २०७२-७३ मा यस सडक कालोपत्रेका लागि सूर्य कन्ट्रक्सनले […]
ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग भएको बताएका छन् । प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताए । उनले भने, “माओवादी त्यस्तो राष्ट्रिय शक्ति हो जसलाई हिसाबकिताब नगरी अन्तर्राष्ट्रिय शक्तिले पनि […]
विराटनगर । विराटनगर–१७ स्थित नेपाल–भारत सीमा क्षेत्र दशगजामा पर्ने चारवटा मदिरा पसल बन्द गर्न वडा कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ । स्थानीयको माग अनुसार विराटनगर–१७ का वडाअध्यक्ष समिम कमरले दशगजा क्षेत्रमा रहेका मदिरा पसल आगामी पुस ५ गतेदेखि बन्द गर्न निर्देशन दिनु भएको हो । वडा कार्यपालिकाको मङ्सिर २० गते बसेको बैठकले विराटनगर–१७ को राइसमिल […]
काठमाडौं। नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन्। पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन्। पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग […]
निर्वाचन आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदहरूको सांसदहरूको सूचीको छानबिन थालेको छ । छानबिनपछि दलहरूले क्लस्टरअनुसार सांसदहरूको सूची नमिलेमा आयोगले दलहरूलाई मिलाउन समय दिन्छ । आयोगले दलहरूलाई नामावली सच्याउन आज र भोलिको समय दिएको छ । दलहरूले आयोगमा बुझाएको सूचीभित्रैबाट समानुपातिक सांसदहरूको सूची बुझाउनुपर्छ । त्यसको छानबिनपछि प्रमाणित गरेपछि मान्यता पाउछ ।
काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएको दुई क्वाटरफाइनल खेलबाटमोरक्को र फ्रान्स सेमिफाइनल पुगे । योसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागेको हो । अब पहिलो सेमिफाइनल क्रोएसिया र अर्जेन्टिनाबीच हुनेछ । यो खेल मंसिर २७ गते मंगलबार मध्यराति पौने १ बजे सुरु हुनेछ। क्रोएसिया […]