काठमाडौँ । मन्त्रीहरुको दिनचर्या यसै पनि व्यस्त हुन्छ । नयाँ मन्त्री बनेपछि अन्य काम नभए पनि मन्त्रालयमा मात्र होइन, आवासमा समेत बधाई दिनेहरुको लर्को उस्तै हुन्छ । यस्तो व्यस्त दिनचर्यामा मन्त्रीले गजल लेख्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने समय निकाल्न सक्नु साहित्यमा रुचिकै विषय मान्नु पर्छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ […]
काठमाडौँ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको हो । जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जीतका लागि […]
विराटनगर । विराटनगरमा आज आयोजित कोशी प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीका प्रश्नसामु अर्थमन्त्री डा. प्रकाशशरण महत निरीहजस्तै बने । उद्योगी व्यवसायीले तथ्यांकसहितका प्रश्न एकाएक गर्दा उनले समस्या समाधानको लागि पहल गर्न सक्ने ठोस जवाफ दिनै सकेनन् । विराटनगरका उद्योगीले मूल रुपमा बैंकको चर्को ब्याजदर घटाउनु पर्ने, बथनाहा–कटहरी रेलमार्ग तत्काल सूचारु गर्नुपर्ने, गुणस्तरीय […]
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरअन्तर्गतको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालयमा राजनीतिक दल र दलका भ्रातृ संगठनका कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको हो। केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएकाे सञ्चालन गरिएकाे सप्रमाण उजुरी आएपछि […]
काठमाडौं । विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख कृष्णबहादुर बस्नेतलगायतलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कृष्णबहादुर बस्नेत, उनकी श्रीमती सबिता गौली बस्नेत, जेठान नविन कुमार गौली, नविनकुमारकी श्रीमती शकुन्तला र छोरा शुलभलाई सफाइ दिने विशेष अदालतको फैसला त्रुटीपूर्ण भएको दाबीसहित बिहीबार […]
काठमाडौँ । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुँवा फाल्ने १५ वटा सवारी साधनलाई कारबाही गरिएको छ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तोकिएको भन्दा बढी धुवाँ फाल्ने सावारीसाधनका चालकलाई कारबाही गरेको हो । काठमाडौँको बबरमहलमा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने सात सार्वजनिक बस, पाँच माइक्रोबस, दुई पिकअप भ्यान र ट्रक […]
धरान । अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् । अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् । इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् । पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् ।
पर्वत । नेपाली कांग्रेसका पर्वतका प्रभावशाली युवा नेता मिलन सुवेदीले कांग्रेसको साधारण सदस्य समेत परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला सभापतिको प्रत्याशी रहेका सुवेदी पर्वतमा गगन थापा समूहका नेता मानिन्छन् । सुवेदीसहित ३१ जना जिल्लास्तरीय नेता कार्यकर्ताहरुले कांग्रेस परित्याग गरी स्वतन्त्र रहेको घोषणा गरेका हुन् । सुवेदी जिल्ला अधिवेशनमा गगन […]
पोखरा । गण्डकी प्रदेशमा गठबन्धन दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्मको समयसीमा छ । दिउँसो २ बजे कांग्रेस-माओवादीको […]
बुटवल । नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आठ दलीय गठबन्धनको तर्फबाट चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेश सभा सदस्य चुनिएका चौधरीले नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा […]
विराटनगर । संघीय अर्थमन्त्री डा. प्रकाशशरण महत प्रमुख अतिथि रहेको एक कार्यक्रममा विराटनगरका एक होटेल व्यवसायीले गालीगलौज शैलीमा डा. गोविन्द केसीलाई ‘डाँका’ भन्दै दुर्वाच्य बोलेका छन् । अर्थ मन्त्रालय, राजस्व परामर्श समितिको आयोजना तथा उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको सहजीकरणमा बिहीवार विराटनगरमा भएको कार्यक्रममा स्थानीय एसिया टिक होटेलका सञ्चालक पुण्य भट्टराईले डा. केसीलाई […]