वीरेन्द्रनगर। कर्णालीमा मन्त्रिपरिषद्ले बिहीबार पूर्णता पाएको छ। यसअघि एमाले सरकारबाट बाहिरिएपछि काँग्रेस सरकारमा सहभागि भएको हो। बिहीबार पुनर्गठन भएको मन्त्रिपरिषद् मा कांग्रेसका तीन र माओवादीका एक मन्त्री थपिएका छन्। नवनियुक्त चारै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। कांग्रेसबाट जाजरकोटका वेदराज सिंह आर्थिक मामिला तथा योजनामन्त्री, सुर्खेतका खड्गबहादुर पोखरेल सामाजिक […]
सरकारले जग्गाको कित्ताकाट खुलाएको छ। तपाईं यसलाई कत्तिको उपयुक्त ठान्नु हुन्छ ?कित्ताकाट लामो समयदेखि बन्द थियो। मन्त्रिपरिषद् बैठकले मंगलबार भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै खुला गरेको छ। सरकारले अहिले अफ्ठेरो परेको बेला छोटो अवधिका लागि कित्ताकाट खुलाउँदा राम्रै ठान्नुपर्छ। तर, यो समग्र अर्थतन्त्रका लागि दीर्घकालीन उपाय भने होइन। पछि गएर जग्गाको वर्गीकरण गर्नै पर्छ। […]
काठमाडौंँ । पछिल्लो समय अभिनयबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त दोस्रो पटक आमा बन्ने भएकी छन् । २०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी उनले आफू फेरि आमा बन्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै लेखेकी छन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं ।’ […]
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ । मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा […]
काठमाडौं । रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको छ । बमबाट धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ । युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ […]
गुल्मी। गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ । आगलागीमा परी गम्भीर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको आज बिहान उपचारका क्रममा मिशन अस्पताल, पाल्पामा मृत्यु भएको हो । गएराति आफ्नो परिवारका सदस्यको साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई […]
विराटनगर । कोशी अस्पताल विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगर बिच सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता […]
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार […]
काठमाडौँ । वार्षिक परीक्षा सकिएपछि काठमाडौं आउनुभएका तनहुँका पदम थापालाई धरहरा चढ्न मन भयो । काठमाडौं घुम्नेक्रममा धरहरा चढेर मात्र घर फर्कने उहाँको मन छ । सुन्धारमा आएपछि धरहरा चढ्ने सुरले उहाँ त्यसतर्फ लाग्नुभयो । तर, सुरक्षा गार्डले धरहरा बनिसकेको छैन भन्दै फर्काइदिए । “धरहरा उद्घाटन भएको दुई वर्ष अघि नै सुनेको हो । अहिले […]
पहिले म छायाँनाथ रारा नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालयमा काम गर्थें । पछि राजनीति गरेर मलाई त्यो कार्यालयको जागिरबाट हटाए । त्यसपछि म बहराइन गएँ । झण्डै २७ महिनापछि बहराइनबाट फर्किएको थिएँ । मेरो श्रीमती र छोरा काठमाडौंमा थिए । हामी काठमाडौंबाट बाँकेको नेपालगञ्ज आयौं । नेपालगञ्जमा हाम्रो सानो घर थियो । विदेशबाट […]
काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसार गएराति १२ बजेदेखि निषेध गरिएको छ । उपनिर्वाचन सकिएर मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचार प्रसार निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । वैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मतदान हुने […]
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ दिने भएको छ । शहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदूषण, सार्वजनिक सम्पत्तिको उपयोग जस्ता शहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन सीसीटीभी जडानमा सहयोग गरेको महानगरपालिकाले जनाएको […]