December 30, 2024 | सोमवार, पुस १५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

आज कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार

आज कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार

झापा । कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ। विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ। औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए पनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ। सोमबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ। सोमबार २७ […]

  • २ years अगाडि
आज खण्डग्रास सूर्यग्रहण लाग्ने, बेलुकी ६ बजेर ४५ मिनेटमा ग्रहण सकिने

आज खण्डग्रास सूर्यग्रहण लाग्ने, बेलुकी ६ बजेर ४५ मिनेटमा ग्रहण सकिने

  काठमाडौं- कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण […]

  • २ years अगाडि
आज कुकुर तिहार मनाइँदै

आज कुकुर तिहार मनाइँदै

काठमाडाैँ- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ […]

  • २ years अगाडि
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्मजयन्ती मनाइँदै

झापा । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, […]

  • २ years अगाडि
आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

आज लक्ष्मीपूजा : धनधान्यकी देवीको पूजा‍-आराधना

सोमबार साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा–आराधना गरिँदैछ। यो दिनलाई यमपञ्चक अर्थात् तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन मानिन्छ। तिथिका हिसाबले सोमबार कार्तिक कृष्ण चतुर्दशी। यो तिथि दिनभर अर्थात् २७ घडी १५ पला छ। अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेपछि मात्र औँसी लाग्छ। पञ्चांग निर्णायक विकास समितिले तिथिको घटबढका कारण कार्तिक कृष्ण चतुर्दशी र औँसीको साँझमा गर्नुपर्ने […]

  • २ years अगाडि
तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

शुक्लाफाँटा नगरपालिकाले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम वितरण नगरेपछि ज्येष्ठ नागरिक निराश भएका छन् । तिहार आउन लाग्दा पनि ज्येष्ठ नागरिकले भत्ताको रकम पाउन सकेका छैनन् । “भत्ताको रकम नपाउँदा छिमेकीबाट सापटी लिएर दसैँ मनायौँ”, ज्येष्ठ नागरिक आशाराम चौधरीले भन्नुभयो, “तिहारमा भत्ताको रकम पाउने आशामा थियौँ, नगरपालिकाले बाँड्ने सुरसार गरेको छैन, तिहार पनि दसैँजस्तौ खल्लो […]

  • २ years अगाडि
भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् । मिठाइले स्वास्थ्यलाई हानी पुर्‍याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको मिसावट हुन्छ । त्यसैले मिठाइको […]

  • २ years अगाडि
प्लाष्टिकका फूलमाला बजारभरि

प्लाष्टिकका फूलमाला बजारभरि

काठमाडौं । प्लाष्टिक, कागज लगायतबाट बनेका आयातित फूलले काठमाडौंको असन बजार झकिझकाउ छ । अहिले बजारभरि कृत्रिम फूल किन्नेहरुको बाक्लो उपस्थिति छ । गत वर्षहरुमाजस्तै यसवर्ष पनि धेरैजसो बजार क्षेत्रका पसल कृत्रिम फूल र मालाले रङ्गीचङ्गी रुपमा सजिएका छन् । भीडभाडमा पनि निर्धक्क यसको कारोबारमा भइरहेको छ । काठमाडौंका चोक र गल्लीदेखि देशैभरका बजारमा काजगी […]

  • २ years अगाडि
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

काठमाडाैँ- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आइतबार बिहान यमराजको दूतका रूपमा कागलाई मीठा-मीठा चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले  जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने […]

  • २ years अगाडि
६० जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी

६० जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडौं-आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी गरिएको छ ।निर्वाचन आयोगका अनुसार तिहारअघि थप छ जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पाको मतपत्र भने तिहारपछि मात्र ढुवानी गरिनेछ । हालसम्म पहिलो हुने […]

  • २ years अगाडि
निर्वाचनमा सामाजिक सञ्जाल : उपयोग सहज, अनुगमन जटिल

निर्वाचनमा सामाजिक सञ्जाल : उपयोग सहज, अनुगमन जटिल

सूचना र सञ्चार प्रविधिको व्यापकतासँगै सामाजिक सञ्जालको प्रयोग बढ्दो छ तर निर्वाचनका समयमा हुनसक्ने सम्भावित मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन चुनौतीपूर्ण देखिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट हुनसक्ने आचारसंहिताको उलङ्घन रोक्न निर्वाचन आयोगले नीतिगत र संरचनागतरुपमा प्रबन्ध गरे पनि आयोगको एक्लो प्रयासबाट नियमन […]

  • २ years अगाडि
तिहार अघि नै सयपत्री फूलको माग बढ्यो

तिहार अघि नै सयपत्री फूलको माग बढ्यो

झापा, ४ कात्तिक (रासस) : फूलहरुको पर्व अर्थात नेपालीहरुको दोस्रो ठूलो चाडको रुपमा रहेको तिहार आउनु अघि नै सयपत्री फूलको माग बढेको छ । आसान्न मंसिर ४ गते हुने निर्वाचनका लागि लागि उम्मेद्वारहरुलाई विजय गराउन गरिने विभिन्न राजनीतिक दलका कार्यक्रम, सहकारीका साधारणसभा र अन्य कार्यक्रममा समेत सयपत्री फूलको माला लगाइदिने प्रचलन बढेसँगै फूलको माग बढेको […]

  • २ years अगाडि

लोकप्रिय