काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएको बताएका छन्। प्रेस सेन्टर चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए। अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ । उपप्रधानमन्त्री भने, “अरुका निम्ति ठूलाठूला […]
काठमाडौं : राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या कटौती गर्नुपर्ने प्रस्ताव राखेका छन्। सोमबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले २७५ जनाको प्रतिनिधिसभालाई १६५ र ५५० जनाको प्रदेशसभालाई ३३० मा झार्नुपर्ने बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्रको सवलीकरण र स्थायित्वका लागि पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउन उपयुक्त हुने सांसद देवकोटाको तर्क थियो। ‘२७५ […]
काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)को प्रमुख सचेतक पदम गिरीले सरकार कसको निम्ति बनेको हो भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले यस्तो प्रश्न गरेका हुन् । “बैंकमा लगानीयोग्य पुँजी दुई खर्बभन्दा बढी छ । तर, हामीलाई ऋण चाहियो भनेर कोही जान सक्ने स्थिति छैन,” उनले भने, “ब्याज तिरेर व्यवसाय धान्न सक्ने स्थिति […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनको ठीक अघि आफ्ना पार्टीका सांसदको पैसा लेनदेनको अडियो सार्वजनिक गरिएकामा असन्तुष्टि जनाएका छन् । उनले अडियो सार्वजनिक गर्नु शंकास्पद भएको पनि बताएका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न सभापति रवि लामिछानेको टिमका व्यक्तिलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईसँग सहयोग माग गरेको […]
काठमाडौँ । राष्ट्रियसभाका नेकपा एमालेकी सांसद दिलकुमारी रावलले दुई करोड घुस प्रकरणको अडियो सार्वजनिक भएपछि विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठबारे सत्यतथ्य छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका थिए। सोमबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले घुस लिने र दिने दुवै राष्ट्रको शत्रु भएकाले घुस लिने काममा निलम्बित सांसद श्रेष्ठ […]
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठको रकम लेनदेनको अडियो सार्वजनिक भएको प्रकरणमा माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले यो घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् । ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई केन्द्रीय सदस्यको प्रस्ताव गरेका छन् । यद्यपि जोशी समूहले देउवाको उक्त प्रस्ताव अस्वीकार गरेको छ । देउवाले सोमबार जोशीका छोरा दीपकराजलाई भेटेका हुन् । भेटघाट विनानिष्कर्ष टुंगिएको छ । बुबालाई केन्द्रीय सदस्य बनाउने देउवाको प्रस्तावमा छोरा दीपकराजले अस्वीकार गरेका हुन् । नेपाली कांग्रेसले आउँदो उपचुनावलाई […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट विगतभन्दा नयाँ र गुणात्मक रूपमा ल्याउन लागिएको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२ औँ वार्षिक साधारण सभा एवं चेम्बर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट विगतको भन्दा भिन्न र […]
काठमाडौं । राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो । तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान दिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन […]
काठमाडौं । संघीय संसद सचिवालयले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको हैसियतमा ९३ दिनको सुविधा दिने तयारी गरेको छ । ४ मंसिरको चुनावबाट निर्वाचित सांसदहरुले ७ पुसमा शपथ ग्रहण गरेका थिए । १० पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनेको थियो । त्यसबेला सरकारमा सहभागी नभएको कांग्रेस संसदमा प्रमुख विपक्षी दलको बेन्चमा […]
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्। आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन- २ का उम्मेदवार समेत रहेका रास्वपा सभापति लामिछानेले २ करोड मागिएको अडिओ प्रकरणमा जोडिएका आफ्नो पार्टीका नेता, सांसद्लगायत सबैविरुद्ध अख्तियारमा […]