काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आइतबार हुँदै छ । जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्धको मुद्दाको पेसी आइतबारका लागि तोकेको हो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्दालाई प्राथमिकतामा राखिएको छ । लामिछानेको मुद्दाको फैसला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यवसायीको […]
इनरुवा । सुनसरीको सदरमुकाम समेत रहेकाे इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे धज्जी उडाएकाे छ । प्रदेश सरकारले प्रदेश नं-१ काे नम “काेशी प्रदेश राखेता पनि इनरुवा नगरपालिकाले “काेशी प्रदेश”काे ठाउँमा प्रदेश नं-१ नै लेखेर प्रदेशको धज्जी उडाएकाे हाे । प्रदेश नं-१ काे नाम”काेशीप्रदेश” राखिएता पनि इनरुवा नगरपालिकाले प्रदेश-१ नै राखेकाे पाइएकाे छ । केहिदिन अगाडि पनि […]
उदयपुर । उदयपुरको गाईघाट बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान करिब साढे ५ बजे भएको दुर्घटनामा उदयपुरको त्रियुगा नगरपालिका १४ बस्ने ४३ वर्षीय मोटरसाइकल चालक तारणी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रदेश १–०५–००१ प ६१५९ नम्बरको मोटरसाइकलमा सवार मगरलाई मे १ ख […]
भक्तपुर।जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो । यही चैत २७ देखि सुरु […]
काठमाडौँ । सरकारले संविधान र कानुन विपरित मावलीको धर राखेर एकल महिलाको बच्चाको जन्मदर्ता गराउने परिपत्र गरेको भन्दै नेकपा (एमाले)की सांसद विद्या भट्टराईले आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संविधान र कानुनले स्थापित गरेको आमाको पहिचान र अस्तित्वलाई नै अस्वीकार गर्ने गरी सबै वडाहरुमा सरकारले गरेको सो परिपत्र फिर्ता लिई संविधानसम्मत […]
काठमाडौं । प्रहरीले सिंहदरबार बाहिरबाट मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । शुक्रबार सिंहदरबार बाहिर प्रदर्शनको तयारी गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध अदालतमा रहेका मुद्दा खारेज हुनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अवदेश कुशवाह, सौरभ श्रेष्ठ, अभिषेक भूल, बोध […]
काठमाडौं महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचल्ने निर्णय राजनीतिक सौदाबाजी र दबावमा नगरेको बताएका छन् । आफूले जिम्मेवारी सम्हालेको १०० दिन पूरा गरेको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले रविको मुद्दा प्रक्रियागत रुपमा नै टुंगिएको जिकिर गरे । ‘प्रकियासम्मत रुपमा छानबिन टुंगिएको हो । राजनीतिक सौदावाजी र दवावमा टुंगिएको […]
इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ) सामाजिक सञ्जालमा धेरै नै सक्रिय छन् । उनी आफ्नो सक्रियतालाई सबल पक्ष मान्छन् । सामाजिक सञ्जाल मार्फत नै उनले सार्वजनिक सूचना र आफ्नो धारणा सार्वजनिक गर्ने गरेका छन्। कसैप्रतिको आक्रोश र प्रेम पनि उनी हर्क साम्पाङ रिभोलुसन भन्ने पेजबाट अभिव्यक्त गर्छन् । पछिल्लो समय ट्विटर र […]
काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । नेता कोइराला शुक्रबार विहान नेता मिनेन्द्र रिजाललाई साथमा लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद बिस्तारबारे छलफल भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रातोपाटीलाई बताए । उनले भने, ‘प्रधानमन्त्रीले कांग्रेस […]
काठमाडौं सरकारको न्युनतम साझा कार्यक्रममा सत्ता साझेदार दलहरूले असहमति जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले सरकारको न्यूनतम साझा कार्यक्रममा आपत्ती जनाएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ नीति कार्यक्रम भ्रष्टाचारविरूद्ध नरम देखिएको आरोप लगाएको छ। पार्टी प्रवक्ता मुकुल ढकालले यसअघि सरकारले ल्याएको न्युनतम कार्यक्रममा गैरआवासीय नेपालीको लगानीलाई सहज बनाउने,डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन […]
काठमाडौं काठमाडौं उपत्यकाका मेयरहरुको साझा संगठन काठमाडौं उपत्यका मेयर फोरमको नेतृत्वमा ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन आएका छन्। काठमाडौं महानगरका मेयर बालेन्द्र साहले नेतृत्वमा दावी गरे पनि सहमती जुट्न नसक्दा साहले नेतृत्व पाउन सकेनन्। मेयर फोरमको बिहीबार र शुक्रबार बसेको बैठकबाट महर्जन अध्यक्षमा चुनिएका हुन्। यस्तै, महासचिव चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी भएका छन्। काठमाडौं […]
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिगो विकासको लक्ष्य हासिल गर्न सरकार एक्लैको प्रयासबाट सम्भव नहुने बताएका छन्। संघ,प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र,सहकारी क्षेत्र,गैरसरकारी क्षेत्र,नागरिक समाज र विकास साझेदारहरूबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित दिगो विकास लक्ष्य राष्ट्रिय निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले […]