बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल […]
जुम्ला । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन […]
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भइसकेको बताउनुभएको छ। पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा मङ्गलबार बोल्दै उहाँले आम्दानीको दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बनेको बताउनुभएको हो। उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, जमिनको सही ढङ्गले […]
वीरगञ्ज । प्रहरीले प्रतिबन्धित पौने ६ लाख बराबरको भारतीय नोटससिहत वीरगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालमा प्रतिबन्धित रहेका रु.पाँच सय र दुई हजारको भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश गोरखपुर ग्राम महुई सुघरपुर बस्ने विनोदकुमार गुप्ता र भारत विहार जिल्ला मोतीहारी ग्राम करमवा रघुनाथपुर अमितकुमार सिंह छन्। […]
बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटसहित जिल्लाका विभिन्न बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएका छन् । दशरथचन्द नगरपालिकाले झुलाघाटसहित सदरमुकामस्थित गढी, गोठलापानी, साहिलेक र देहीमाण्डौँ बजारमा सिसी क्यामेरा जडान गरेको हो । दशरथचन्द नगरपालिकाको आर्थिक सहयोग र जिल्ला प्रहरी कार्यालयको समन्वयमा सिसी क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना अधिकारी राजबहादुर विष्टले जानकारी दिए । मुख्य बजार […]
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको […]
उर्लाबारी । कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो। हाल प्रमुख प्रशासकीय भवन रहेको कानेपोखरी–६ का वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र अरू २५० जना एमालेका सक्रिय सदस्यले सोमबार […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्। यसअघि उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए। मंगलबार राति उनले लेखेका छन्- नयाँ पुरानो सबै नेताहरु […]
सप्तरी । कञ्चनरूप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा आगलागी हुँदा सात परिवारको ४४ लाख ५० हजार बराबरको क्षति भएको छ। स्थानीय कलिम शेखको फुसको घरमा आगलागी हुँदा टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको थियो। आगो फैलिई उनका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र उनका भाइ इस्लाम शेखको दुई तले टिनको […]
सुनसरी । सुनसरी क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले झुम्का बजारदेखि रामधुनी मन्दिर जाने बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार रामधुनीस्थित लालपुरको रामधुनी माध्यमिक विद्यालयमा छात्रबृत्ति वितरण कार्यक्रममा सहभागी हुन आएका कार्कीले यस्तो बताएका हुन् । ‘झुम्कादेखि रामधुनी जाने बाटो यहाँको आवश्यकता हो । यो बाटोप्रति मेरो ध्यान गम्भीर […]
काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् । भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत छन् […]
पर्वत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छिट्टै विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन्। वैशाख १४ मुख्यमन्त्रीको रूपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ति पाएका मुख्यमन्त्री पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ मा शपथ ग्रहण गरेका पाण्डेले दुई जना बिना विभागीय मन्त्रीलाई शपथ ग्रहण गराए। मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र […]