सिरहा। सिरहाको मिर्चैया बजारका सुकुम्बासी तथा व्यापारीहरु आन्दोलनमा उत्रिएका छन् । बजारमा झण्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार व्यवसाय गर्दै आएका सुकुम्बासी र व्यापारीहरुको घर नगरपालिकाले भत्काइदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले आफूहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले मिर्चैयामा र्याली प्रदर्शन गरे । नगरपालिका जनताका लागि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो जनतामाथि शासन […]
सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन लागेको हो । सोमबार नै समर्थन फिर्ता लिने तयारी गरिएको एमालेका एक सांसदले रातोपाटीलाई जानकारी दिए । १० पुसको समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार […]
सुनसरी । कोशी प्रदेश खारेज, पूनःनामकरण आन्दोलन संयुक्त सङ्घर्ष समितिले प्रदेश सभामुख बाबुराम गौतम, मुख्यमन्त्री हिक्मत कार्कीलाई उनीहरू अनुपस्थित रहेकाले खानेपानी मन्त्री तिलकुमार मेयाङबो मार्फत आइतबार विराटनगरमा अल्टिमेटम पत्र बुझाएका छन् । संयुक्त सङ्घर्ष समितिले चेतावनी सहितको उक्त पत्र बुझाउँदै दोस्रो चरणको आन्दोलन सुरु गरेको हो । प्रदेश सभा सांसदहरूको घर घरमा पनि चेतावनी पत्र […]
सुनसरी । एसइईको परीक्षामा उत्तर पुस्तिका लेख्न आफ्नो सट्टा अरू व्यक्ति राख्न धरानका एजुकेसन कन्सल्टेन्सीहरूले परीक्षार्थी सँग ५० देखी ७० सत्तरी हजार रुपया सम्म असुली गर्ने गरेका छन् । प्रहरीले गएको साता मोरङ केराबारी स्थित सार्वजनिक मावि, झोराहाट स्थित सरस्वती मावि, सुन्दरहरैँचाको जनता मावि परीक्षा केन्द्रबाट २०१ जना नक्कली परीक्षार्थी पक्राउ गरेपछि उक्त कुरा खुलेको […]
जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभा बैठक झण्डै दुई महिनापछि आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक डाकेको हो । फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेश खेलकुद विकास सम्बन्धी विधेयक र बक्यौता रकम भुक्तानी सम्बन्धी छानबिन समितिको म्याद थप गर्ने आजको बैठकको कार्यसूची रहेको आजको बैठकमा […]
रामपुर । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो […]
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ। विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ। खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछिन्। ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भनिन्। कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ। विद्यालयका एउटा मात्र हाते […]
विराटनगर । पथरीशनिश्चरे नगरपालिकाले वडाबाट नै च्याबु्रङ नृत्य संरक्षणको अभियान थालेको छ। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को सहयोग तथा किरात फाल्गुनन्द युमा माङ्हीमको समन्वयमा लिम्बुहरुको परम्परागत रुपमा रहेको प्रसिद्ध च्याबु्रङ (केलाङ) नृत्यको संरक्षण र पुस्तान्तरणको अभियान थालनी भएको वडा सदस्य झमकबहादुर लिम्बुले जानकारी दिए। लोक संस्कार र संस्कृति हराउँदै जान थालेपछि पालिकाले अभियानको […]
कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला गर्ने योजनाअनुसार व्यावसायिक योजना बनाउन नेपाल ट्रष्टको बैठक राखेर आग्रह गरिसकेको जानकारी दिए । नयाँ वर्षसँगै सर्वसाधारणले अवलोकन गर्ने गरी खुला […]
जनकपुरधाम । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । संघीय संसदका दुवै सदनले पास गरी दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । पठाइएको सो विधेयकलाई प्रमाणीकरण गरेर राष्ट्रपति पौडेलले नागरिकताविहीनलाई नागरिकता दिने कानुनी प्रबन्ध गर्नुपर्ने खाँणको भनाइ […]
विराटनगर । विराटनगरको पूर्वी सीमाना भएर बग्ने सिंघिया नदीमा नयाँ प्रजातिको माछा भेटिएको छ । यो माछा नेपालमै पहिलो पटक भेटिएको अनुसन्धानकर्ताहरुले दाबी लिएका छन् । गत वर्ष २०७८ मंसिरदेखि २०७९ असोजसम्म झापा र मोरङका पाँच वटा नदीहरुमा खोज—अनुसन्धानका क्रममा नयाँ प्रजातिको माछा भेटिएको हो । पहिलो पटक फेला परेको माछाको नाम एम्ब्लिसेप्स वाइखोमी हो […]
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ […]