फिदिम । पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ –८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय […]
विराटनगर । विराटनगर–९ का रमेश सोनी र प्रकाश ठाकुर ४ किलो ९२७.२१८ ग्राम सुनसहित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ बाट पक्राउ परेका छन् । नेपालगञ्जको न्यूरोडस्थित न्यू इन्द्रेणी होटलतर्फ जाँदै गरेको अवस्थामा बाँके प्रहरीले बुधबार बेलुका ८ःं४५ बजे उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुको साथमा अवैध सुनका गरगहना रहेको सुचनाका आधारमा प्रहरीले पिछा गरेर पक्राउ गरेको थियो । […]
मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले सहकारी तोडफोडको आरोपमा पक्राउ परेका ४ जनामध्ये ३ जना जेल चलान भएको जानकारी दिएको छ । मोरङको ग्रामथान २ मा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्थाको डोका फोडेर सात लाख ७७ हजार चोरी गरेको आरोपमा ३ जना जेल चलान भएका हुन् । पक्राउ परेकामध्ये एक जना धरौटीमा रिहा […]
विराटनगर । कोशी अस्पताल विराटनगरमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । सेवा सञ्चालनका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगर बिच सम्झौता भएको अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए । कलेजो र मिर्गौला प्रत्यारोपण नेपालमा सुरु भइसकेको भएता पनि आवश्यकता […]
विराटनगर । धरान उपमहानगरका मेयर हर्क सम्पाङ्ग र वडाअध्यक्षहरूको विवाद थप चुलिएको छ । विवाद बढ्दै गएपछि बिहीबार मेयर साम्पाङ्गले वडाध्यक्षहरूको राजीनामा मागेका थिए । मेयरले विज्ञप्ति निकालेर वडाअध्यक्षहरूलाई असक्षम घोषणा गर्दै राजीनामा मागेपछि वडाअध्यक्षहरूले पनि मेयरको एक वर्षे कार्यकाल पूर्णरूपमा असफल भएको टियप्पणी गरेका छन् । राजीनामा दिन चेतावनीसहितको विज्ञप्तिपछि वडाअध्यक्षहरूले पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ्गलाई […]
धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कर्तव्य पूरा नगरेको भन्दै केही वडाध्यक्षहरूलाई राजीनामा दिन चेतावनी दिएका छन् । शुक्रबार एक निर्देशनात्मक विज्ञप्ति जारी गर्दै उनले वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाएका छन् । बैठकमा आउन आग्रह गर्दै उनले लेखेका छन्, ‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक […]
विराटनगर । प्रदेशको नामकरणमा असन्तुष्टि जनाउँदै भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्त्येष्टि शनिबार गरिने भएको छ । प्रदेशसभाले कोशी नाम राखेको विरोधमा विराटनगरमा चैत ५ गते भएको प्रदर्शनका क्रममा घाइते भएका पदमको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १० गते मृत्यु भएको थियो । उनलाई नेपाल सरकारले सहिद घोषणा […]
बारा । बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचन अन्तर्गत उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चुनावप्रचारको आज अन्तिम दिन हो । मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरु आफ्नो जित निश्चित रहेको भन्दै उत्साहित भएर भोट मागिरहेका छन् । मतदाता स्वयं भने उत्साहित देखिँदैनन् । चुनावका बेला […]
विराटनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो । कोभिड-१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका […]
दमक । दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो। ४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो। ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो […]
ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी […]
विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो । वैशाख ९ […]