बारा । बारा निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचन अन्तर्गत उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि चुनावप्रचारको आज अन्तिम दिन हो । मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरु आफ्नो जित निश्चित रहेको भन्दै उत्साहित भएर भोट मागिरहेका छन् । मतदाता स्वयं भने उत्साहित देखिँदैनन् । चुनावका बेला […]
विराटनगर । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को संक्रमण पुनः बढ्न थालेपछि विराटनगर महानगरपालिकाले स्वास्थ्य मापदण्ड पालना गर्न महानगरवासीलाई आग्रह गरेको छ । महानगरपालिकाको तर्फबाट मेयर नागेश कोइरालाको निजी सचिवालयमार्फत जारी गरिएको अपीलमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको हो । कोभिड-१९ को बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका […]
दमक । दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो। ४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो। ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो […]
ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी […]
विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो । वैशाख ९ […]
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताएका छन् । साथै उनले उपमहानगरको बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिन लगाउनुपर्ने जिकिर गरेका छन् । उनले नागरिकलाई वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने […]
ताप्लेजुङ । मेची राजमार्गको फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र बनेको अबैध संरचना भत्काउन थालेको छ । फुङलिङ नगरपालिकाले पटक पटक अबैध संरचना हटाउन सुचना जारी गर्दा समेत अटेर गरेपछि मंगलबार देखि नगरपालिकाले आफै भत्काउन थालेको छ । सडक ऐन अनुसार सडकको क्षेत्राधिकार १५–१५ मिटर दायाँ बायाँ र सेडव्याक ६–६ मिटर गरी जम्मा ४२ मिटर भए पनि […]
विराटनगर । कोशी प्रदेश सरकारको सय दिन पूरा भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सार्वजनिक गरेका सय दिनका मुख्य उपलब्धिमध्ये एउटा मन्त्रालयको संख्या कटौती हो। मुख्यमन्त्रीले १३ बाट घटाएर मन्त्रालयको संख्या ९ बनाएका थिए। मुख्य उपलब्धिमा मुख्यमन्त्री कार्कीले प्रदेशको नामांकनलाई पनि राखेका छन्। गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम कोशी राखिएको थियो। मुख्यमन्त्री कार्कीले मंगलबार पत्रकार […]
इटहरी । इटहरी ५ मा रहेको जनता बहुमुखी क्याम्पसमा सोमबार बि.ए र बिएड प्रथम वर्षको परीक्षा थियो । अंग्रेजी विषयको परीक्षा दिन आएकी सोही क्याम्पसमा बिएड प्रथम वर्षमा अध्ययनरत रचना पुरीले आँफूमाथि शिक्षकबाटै अभद्र व्यवहार भएको आरोप लगाएकी छन् । पुरीले आँफूलाई चर्पी जानबाट रोकिएको र परीक्षा बीचमै छाड्न बाध्य बनाएको उनको आरोप छ । […]
विराटनगर । नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी–तस्करी नियन्त्रण गर्न कोसी प्रदेशमा नेपाल प्रहरीले सक्रियता बढाएको छ । भारतसँगको खुला सीमाका कारण नेपालबाट भारत र भारतबाट नेपालतिर हुँदै आएको तस्करी नियन्त्रण चुनौतीपूर्ण बनिरहेको छ । चुनौतीको सामना गर्दै प्रहरीले अवैध चोरी–पैठारी रोक्न विभिन्न निकायसँग समन्वय गरेर काम गरिरहेको हो । तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्र […]
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाई गरेको छ । गत पुस २७ गते बसेको ११ नगरसभाले विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवनमा रोक लगाउने निर्णय गरेको थियो । नगरसभाको निर्णयअनुसार महानगरले यही वैशाख १ गतेदेखि लागू हुनेगरी विराटनगर क्षेत्रभित्रका सार्वजनिकस्थलहरूमा सुर्तीजन्य […]
झापा । प्रहरीले झापाबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५२ वर्षीय दिनानाथ बंशल, ३८ वर्षीय नरबहादुर कार्की उर्फ साइँला दाई र ३१ वर्षीय बुद्ध राई सोरेन उर्फ सुवास छन् । दिनानाथ बंशललाई चेक अनादर मुद्दामा अदालतले १० दिन कैद र १ हजार जरिवाना तोकेको छ । झापाको मेचीनगर नगरपालिका–९ घर […]