
पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलनमा विश्व पर्यटन बजारमा देखिएको आकर्षण र विश्वमा उत्पन्न आर्थिक मन्दीले पर्यटन क्षेत्रमा पार्ने प्रभावबारे विशेष छलफल भएको छ । पोखरामा मङ्गलबारदेखि सुरु भएको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट–२०२३ को उद्घाटन समारोहका सहभागीबीच छलफल भएको हो । सम्मेलनमा […]
तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो । शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न […]
कास्की । पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । गणतन्त्र दिवसको अबसर पारेर संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीले रत्न मन्दिर र पार्क खुल्ला हुने गरी उदघाटन गर्नु भएको हो । रत्न मन्दिर उद्घाटन गर्दै मन्त्री किराँतीले यहाँ रहेको मन्दिर, पार्क, यहाँबाट देखिने फेवाताल, बाराही मन्दिर उत्तरतर्फ रहेका सुन्दर हिमश्रृङखलाको दृष्य […]
म्याग्दी । बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ। भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार […]
तानसेन । तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका […]
म्याग्दी । पत्रकारहरुले पेसागत मर्यादालाई ख्याल गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायीक पत्रकारितालाई अगाडि बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार बेनीमा आयोजित नेपाल प्रेस युनियन म्याग्दी शाखाको आठौं साधारणसभा तथा छैठौं अधिवेशनमा आफ्नो धारणा राख्नुहुँदै वक्ताहरुले सञ्चारमाध्यम र पत्रकारहरुले व्यवसायीक मर्यादालाई ख्याल गर्दै इमान्दार भएर कलम चलाउनुपर्नेमा जोड दिएका हुन् । अधिवेशनमा प्रतिनिधिसभाका सदस्य खमबहादुर […]
कावासोती । अहिले नवलपरासी पूर्वकाकृषकले बाँझो जमिनको सदुपयोग गर्दै खेतमा खोले सिमसार जातको साग रोप्न थालेका छन्। बजारमा यसको माग अत्यधिक बढ्दा किसानलाई भ्याइनभ्याइ भएको छ। नवलपरासी पूर्वका कावासोती नगरपालिका आसपासका कृषकहरू अहिले बाँझो जग्गालाई सदुपयोग गर्दै खोले सिमसार जातको साग रोप्न व्यस्त छन्। कृषक धनिराम गुरौले सागको स्याहारसम्भार गर्न र बिक्री गर्ने काममा व्यस्त भएको […]
म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका माथिल्लो बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहको बेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पूरा नहुँदै बीचमै रोकिएको हो। पर्वतको जलजला गाउँपालिका–५, फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बस्ती राम्चे, हिस्तान, शिख, नारच्याङ, कोप्चेपानी हुँदै मुस्ताङको घाँसा जोड्ने गरी […]
पर्वत । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले छिट्टै विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी थालेका छन्। वैशाख १४ मुख्यमन्त्रीको रूपमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ति पाएका मुख्यमन्त्री पाण्डेले त्यसको भोलिपल्ट वैशाख १५ मा शपथ ग्रहण गरेका पाण्डेले दुई जना बिना विभागीय मन्त्रीलाई शपथ ग्रहण गराए। मन्त्रीद्वय सरस्वती अर्याल तिवारी र […]
पोखरा : अमेरिकी राजदूत डीनआर थम्पसन नेपालका विभिन्न प्रदेश भ्रमणका क्रममा गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन्। राजदूत थप्पसनले पोखरा महानगरपालिकाका प्रतिनिधि, विभिन्न संघ-संस्थाका प्रतिनिधि, युवा, विद्यार्थी, पत्रकारलगायतसँग भेटेर प्रदेशको समृद्धि र आर्थिक विकासका बारेमा छलफल गरेका छन्। राजदूत थम्पसनले प्रदेशमा लोकतन्त्र सुदृढीकरण र पर्यटन प्रवर्द्धनका लागि अमेरिकी सहयोग र साझेदारीका बारेमा पोखराका व्यवसायी, अमेरिकी सरकारका […]
पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेश गरेका हुन् । गोरखा २ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र […]
पोखरा । गण्डकी प्रदेशमा गठबन्धन दलहरूले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखले दिएको समय सीमा घर्किन लाग्दा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउन दलहरू दाबी गर्न जान लागेका हुन् । प्रदेश प्रमुखले सरकार गठनका लागि आज अपरान्ह ४ बजेसम्मको समयसीमा छ । दिउँसो २ बजे कांग्रेस-माओवादीको […]