खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ […]
सिद्धार्थनगर। तिलोत्तमा नगरपालिकाका शिक्षकलाई एक हप्ते सामाजिक तथा सिर्जनात्मक कला शिक्षण सुरु गरिएको छ । शिक्षक शिविरमा लोकबाजा, लोक गीत तथा चित्रकला सम्बन्धी आधारभूत सीपमा आधारित प्रशिक्षण हुनेछ। आधुनिक प्रविधिको विकाससँगै बालबालिकामा शैक्षिक सिकाई कमजोर भएको भन्दै शिक्षकलाई कलामार्फत् शिक्षण विकास गराउन थालिएको हो। तिलोत्तमा नगरपालिकाको आयोजनामा साधना सांस्कृतिक कला केन्द्रको व्यवस्थापनमा नगरभित्र रहेका सामुदायिक विद्यालयका […]
बाँके । नेपालगञ्जको जमुनाह नाकामा निर्माणाधीन एकीकृत जाँच चौकीको काम तीव्र रूपमा अघि बढेको छ। सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त प्रमुख विजयकेशर खनालले एकीकृत जाँच चौकीको करिब ८९ प्रतिशत निर्माण कार्य पूरा भएको जानकारी प्राप्त भएको जानकारी दिनुभयो। कार्यालय प्रमुख खनालले भन्नुभयो, “नेपाल र भारतको सहमतिअनुसार भारतीय पक्षले निर्माण कार्य गर्ने हो। लगानी, […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा रहेका दुई ठुला सरकारी अस्पताल हुन्– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र राप्ती प्रादेशिक अस्पताल तुुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले तीन सय बेड र राप्ती प्रादेशिक अस्पतालले ५० बेडसहित सेवा प्रवाह गरिरहेका छन् । प्रतिष्ठानका तीन सय बेडमध्ये १० बेडमा आईसीयु सेवा सञ्चालन गरेको छ भने राप्ती […]
लुम्बिनी । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको आरोपमा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री टोपबहादुर रायमाझी भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, रायमाझीलाई बिहीबार बिहान भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उहाँलाई बिहीबार नै काठमाडौँ लैजाने तयारी भएको छ । तर रायमाझी पक्राउ परेकोबारे प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरेको छैन । जिल्ला […]
बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल […]
दाङ । दाङमा एक जनाको हत्या भएको छ । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी श्रीमानको मृत्यु भएको हो । मृत्यु हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका-१ स्युजाका ६४ वर्षीय रेशम परियार रहेका छन् । बिहीबार बिहान ९ बजे श्रीमती केशरा परियारको बन्चरो प्रहार गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए […]
दाङ । सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आउँदो असारमा तोड्ने बताएकी छन् । आफ्नो निर्वाचनमा क्षेत्र दाङ आएकी शर्माले बिहीबार बिहान पत्रकार भेटघाटमा बोल्दै चार वर्षदेखि अलपत्र घोराही तुलसीपुरको चार लेन सडकको ठेक्का तोड्न प्राविधिक कठिनाइ भएकाले असारपछि तोड्ने बताएकी हुन् । ‘सम्भवतः आउने बजेटपछि ठेक्का तोड्छौं’ उनले भनिन्, ‘त्यसपछि […]
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए । दातृ निकायबाट अनुदानमा प्राप्त अत्याधुनिक सुविधासहितका ती बस र ‘भ्यान’ प्रदेश सरकारले सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रियाको […]
तानसेन । लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानससेनमा आयोजीत कार्यक्रममा वक्ताहरुले सो कुरा बताएका हुन् । महिला हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक तथा राजनीतिक क्षेत्रका युवासँग अन्तरक्रिया कार्यक्रममा आज वक्ताहरुले सो कुरा बताएका हुन् । महिला भएकैकारण विभेद गर्ने हिसाबले अघि बढेको र राज्यले यसलाई गम्भीर रुपले नहेर्दा महिलाले धेरै […]
बुटवल । लुम्बिनीमा नयाँ सरकार गठनका विषयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरी लिखित राय मागेका छन् । विश्वासको मत पाउन नसकेपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले अलग–अलग धारा अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएपछि शेरचनले महान्याधिवक्ताको कार्यालयसँग लिखित राय मागेका हुन् । संविधानको धारा १६८ को २ […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खस्यो । उनको पद कायम रहन ८७ सदस्यीय प्रदेशसभामा ४४ सांसदको समर्थन आवश्यक थियो । तर उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाए । […]