May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

कर्णाली प्रदेश

एक डाक्टरको भरमा अस्पताल

एक डाक्टरको भरमा अस्पताल

जाजरकोट । चिकित्सकको अभावमा ५० शय्याको जाजरकोट अस्पतालमा आउने बिरामी बिनाउपचार फर्कनुपर्ने अवस्था रहेको छ। छ जना चिकित्सकको दरबन्दी भए पनि जिल्ला अस्पतालमा एक जना करार सेवाका डाक्टरले सेवा दिइरहेका छन्। अस्पतालमा इमर्जेन्सी सेवाका लागि आएका बिरामीसमेत बिनासेवा अस्पतालबाट फर्कनुपर्ने अवस्था रहेको छ। अस्पतालका डा. सुनील पुनः गत वर्षदेखि अध्ययन बिदामा हुनुहुन्छ। जिल्लामै सुविधासम्पन्न स्वास्थ्य […]

  • २ years अगाडि
जलविद्युत काममा ढिलाइ

जलविद्युत काममा ढिलाइ

जुम्ला । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन […]

  • २ years अगाडि
जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

जाजरकोटमा १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट

जाजरकोट । प्रहरीले जाजरकोटमा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । वैशाख ७ बाट प्रहरीले जाजरकोटको विभिन्न भू–भागमा फैलिएको अफिम खेती नष्ट गरिरहेको छ । नलगाड गाउँपालिका र जुनिचाँदे गाउँपालिकामा करिब १२ हेक्टर जमिनमा फैलिएको अफिम नष्ट गरिएको जाजरकोटका डीएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए । इन्स्पेक्टर सुनिल थापा नेतृत्वको टोलीले नलगाढ नगरपालिका–३ चाउलेचौर, दारेलेख, […]

  • २ years अगाडि
‘लु लानूस्, काफल काफल’

‘लु लानूस्, काफल काफल’

दुल्लु। दैलेख–सुर्खेत सडक छेउछाउ यति बेला काफल मेला लाग्ने गरेको छ। चैत, वैशाख महिनामा यस सडक वरपरका रातानाङ्ला, रानीमत्ता, गुराँसे, गाईबान्ना, डबलगैरा, घोडाबास आसपासका घुम्तीमा काफल मेला लाग्छ। सडक छेउमा लाम लागेर बालबालिका, युवा र पाका उमेरका मानिस काफल बेच्न व्यस्त हुन्छन्, ‘लु लानूस् काफल काफल।’ यो मौसममा काफल बेचेर कतिपयले राम्रै आम्दानी पनि गरेको […]

  • २ years अगाडि
अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ

अपाङ्ग वालिकामाथि जवर्जस्ती गर्ने पक्राउ

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका बस्ने एक अपाङ्गता भएका वालिकामाथि जवर्जस्ती भएको छ । सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिकालाई तिलागुफा नगरपालिका –१ रानावाडाका ७० वर्षीय खाम्मा रानाले जवर्जस्ती गरेको परिवारका सदस्यको आरोप छ । जवर्जस्ती गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । वालिकामाथि जवर्जस्ती गर्ने रानालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले […]

  • २ years अगाडि
हिमानदीकाे पुल भत्काएर बनाइने

हिमानदीकाे पुल भत्काएर बनाइने

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले पुलको बीच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बीचभागबाट चर्किएका कारण पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ । सूर्य […]

  • २ years अगाडि
बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

सिमकोट  । खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको छ। वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको हो। परम्पराअनुसार माझखाडाबाट सुरु गरी भण्डारी गाउँ, फडेरागाउँ हुँदै रोकाया गाउँ घुमाउदै राँगाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै […]

  • २ years अगाडि
तेस्रो पटक विश्वासको मत लिने तयारी

तेस्रो पटक विश्वासको मत लिने तयारी

सुर्खेत  । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो। मुख्यमन्त्री शर्माले विश्वासको मत लिनका लागि प्रदेश सभा सचिवालयमा आइतबार पत्र दर्ता गर्नुभएको छ। प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार […]

  • २ years अगाडि
राउटे समुदायको व्यवस्थापन गर्न माग

राउटे समुदायको व्यवस्थापन गर्न माग

दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ । तीनैतहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले भने, “राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ […]

  • २ years अगाडि
गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह

गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले नगर विकास कोषलाई कर्णालीको गरिबी अन्त्य गर्ने योजनामा लगानी गर्न आग्रह गर्नुभएको छ । कर्णालीको सबैभन्दा ठूलो समस्या गरिबी भएको भन्दै उहाँले गरिबी अन्त्य गरी आयआर्जन र रोजगार उत्पादन हुने योजनाहरूमा लगानी गर्न कोषलाई आग्रह गर्नुभएको हो । नगर विकास कोषले सुर्खेतमा आयोजना गरेको नगरपालिका वित्त तथा क्षमता […]

  • २ years अगाडि
नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क

नारामा निःशुल्क अभिभावक तिर्छन् शुल्क

कालीकोट । तिलागुफा नगरपालिका–१० स्थित महादेव माध्यमिक विद्यालयले विद्यार्थीबाट मासिक शुल्क असुल्ने गरेको छ। सरकारले सामुदायिक विद्यालयमा पाठ्यपुस्तक र शिक्षा निःशुल्क भने पनि महादेव माविले मासिक एक हजार पाँच सय रुपियाँ शुल्क असुल्दै आएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनराज थापाका अनुसार विद्यार्थीको चाप बढेको र त्यसका लागि शिक्षक व्यवस्थापन गर्न अभिभावकबाट सहयोग शुल्क लिनु […]

  • २ years अगाडि
हुम्लामा विकाससँगै प्रदूषण : मासिँदै कर्णाली सभ्यता

हुम्लामा विकाससँगै प्रदूषण : मासिँदै कर्णाली सभ्यता

हुम्ला । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली कोरिडोरको सडक विस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साबिकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका […]

  • २ years अगाडि

लोकप्रिय