चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ। आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ । […]
काठमाडौं । चितवनमा आफूमाथि हुलहुज्जत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् । फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् । ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा […]
चितवन। स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको […]
चितवन । चितवनका शैक्षिक व्यक्तित्व महेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। शरदपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको आज बिहान साढे ९ बजे भरतपुरको चौबिसकोठीमा मिक्सचरको ठक्करबाट मृत्यु भएको हो। हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा.२क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेका पौडेल सवार प्रदेश ३—०३—००२ प ३७७० नम्बरको स्कुटरलाई […]
मकवानपुर । बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा […]
चितवन । चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरु मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरु देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत मङ्सिरको परिणामको रक्षा र नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दललाई गत मङ्सिरको परिणामलाई उल्ट्याउने चुनौती देखिएको […]
हेटौंडा । बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा २ जना व्यक्ति घाइते भएका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने […]
चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना […]
ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला […]
हेटौंडा। बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ। प्रदेश सरकारले आज प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० दर्ता गरेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्। आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाई सकिएको गुप्ताले बताए। उनका अनुसार वर्षे अधिवेशन जेठको पहिलो […]
सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनुभयो । नाका सञ्चालनका लागि कोभिड प्रोटोकल […]
भक्तपुर । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८ औं दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा […]