काठमाण्डौ – नेपाली फूलको प्रवर्द्धनका लागि काठमाण्डौ महानगरले चार ठाउँमा फूल बिक्री केन्द्र तोकेको छ । काठमाण्डौ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरपालिकाले नेपाली किसानले उत्पादन गरेको फूललाई महानगरभित्र प्रवर्द्धन गर्न चार ठाउँमा स्टल राख्ने बताउनु भयो । उहाँले चार ठाउँमा मखमली, सयपत्री लगायतका फूलको बिक्रीका लागि महानगरभित्र सहजीकरण गर्ने बताउनु भयो । उहाँले […]
काठमाण्डाै – काठमाण्डौको रत्नपार्कमा रहेकाे शान्तिबाटिकामा २०औँ ‘काग सम्मेलन’ गरिएको छ । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नापार्कमा रहेकाे शान्तिबाटिकामा आज बिहान काग बोलाएर २०औँ काग सम्मेलन गरिएको हो । सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पार्नुभएको थियो । दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरु उहाँको आवाज भएको […]
गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल–सिफा अस्पतालले जनाएको छ । गाजाको अल–नासर नजिकै रहेको अल–बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र तोप आक्रमण भएको थियो । आक्रमणमा ५० जना मारिएका अस्पतालका निर्देशक मोहम्मद अबु सल्मियाले बताउनुभएको छ । घटनाको बारेमा थप विवरण पुष्टि गर्न नसकेको समाचार संस्था एएफपीले उल्लेख गरेको […]
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अस्ट्रेलिया र बङ्लादेश पुणेमा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल्दैछन् । अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । उसले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग खेल्ने निश्चित भएको छ । यो खेलको नतिजाले अस्ट्रेलियालाई कुनै फरक पर्नेछैन । तर बङ्लादेशका लागि […]
काठमाण्डाै – किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का […]
काठमाण्डाै – तिहार शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्ती राख्न थालिएको छ । तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले एक हप्ता अघिदेखि नै काठमाण्डौ लगायत मुख्य सहरमा थरीथरीका बत्ती बाल्न शुरु भइसकेको छ । सहर बजारका ठूला भवनदेखि गाउँका साधारण घरमासम्म तिहारमा झिलिमिली बत्ती बाल्ने चलन छ । देश लोडसेडिङमुक्त भएपछि घर, कार्यालय, […]
काठमाडौं– होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकार ट्रेडिङले ल्याएको “दशैंमा दश लाख” उपहार योजना भक्तपुर सानोठिमिका गोकुल लामिछानेले जितेका छन् । भक्तपुरको मध्यपुर थिमि–३, गठ्ठाघरस्थित होण्डा शो रुम मेट्रो अटो सेन्टरमा स्कुटी खरिद गरेका एक ग्राहकले शुक्रवार १० लाख रुपैंया नगद पुरस्कार जितेका छन । होण्डाको ग्राविया स्कुटर खरिद गरेका गठ्ठाघर बस्ने गोकुल लामिछानेले […]
काठमाडौं । काठमाडौंमा एक फिल्म निर्देशक हनि ट्रयापमा फसेका छन् । फेसबुकमार्फत चिनजान भएकी युवतीसँग डेटिङ जाँदा बराल थरका ती व्यक्ति फसेका हुन् । डेटिङ जाने क्रममा बलात्कार प्रयास गरेको भन्दै युवतीले ब्यालकमेलिङ गरेकी हुन् । जसमा १५ लाख माग भएकोमा साढे तीन लाख दिएका थिए । थप मागेपछि प्रहरीमा उजुरी दिएर तीन जनालाई पक्राउ […]
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा युएईविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २३ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाली टिमका अनुभवी डिफेन्डर अनन्त तामाङ यूएईसँगको खेलका लागि टिममा परेका छैनन् । घुँडाको चोटको कारण खेल्न नसक्ने भएकाले उनलाई टिममा नराखेको एन्फाले जनाएको छ । […]
३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोक्यो न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रवार अन्तरिम आदेश जारी कास्की । पोखराको बीच भागबाट बग्ने फिर्के खोला मिचेर बनाएर संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना जारी गरेकोमा उच्च अदालत पोखराले रोकेको छ । फिर्के तमु समाज लगायतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा उच्च अदालत पोखराका […]
एक महिनाको युद्धपछि इजराइलद्वारा गाजामाथि झन्डै पूर्ण घेराबन्दीले प्यालेस्टिनी अर्थतन्त्र पतनको विनाशकारी एउटा स्पष्ट तस्बिर संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले प्रस्तुत गरेको छ । युद्ध शुरु भएको पहिलो महिनामा पश्चिम किनार र गाजामा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा चार प्रतिशतले कमी आएको राष्ट्रसङ्घले जनाएको छ । युद्धपछि सिरिया, युक्रेन वा यसअघिका कुनै पनि इजराइल–हमास युद्धमा नदेखिएको आर्थिक […]
१० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय नेपाल र कतारबीच युवा तथा खेलकुद सम्बन्धी समझदारी विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत काठमाडौं ।। सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को […]